काठमाडौँ, २९ वैशाख। नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान पिसीआर किट, २० हजार थान एन ९५ मास्क, आठ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा र १० हजार थान डिस्पोजेबल कभरअल लगायतका सामग्री हस्तान्तरण गर्नुभएको हो।
यसअघि पनि चीनले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । केही दिनअघि स्वीस सरकारले पनि ३० हजार थान पिसिआर परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएको थियो।
सो अवसरमा स्वास्थ्यमन्त्री ढकालले छिमेकी देश चीनले सङ्कटका बेला सहयोग गर्ने गरेको उल्लेख गर्दै आपत्का बेला छिमेकीले गरेको यो सहयोग अविस्मरणीय हुने बताउनुभयो।
चिनियाँ राजदूत यान्छीले केही महिनाअघि चीनलाई सङ्कट पर्दा नेपालले सहयोग गरेको स्मरण गर्दै अहिले नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो।
Related News
सम्बन्धित समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
समता काव्य सन्ध्याको ३३५ औं शृंखला
एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिनुपर्छ : डा. संग्रौला
फूलबारी क्लबको साधारणसभा
hero news full width
मुख्य समाचार
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८