बिक्रम खड्का-बुटवल । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को हटप्पट बनेको कपिलवस्तु जिल्लालाई जेठ ५ गते सम्म सिल गर्ने निर्णय गरिएको छ । संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझबाटै जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् ।भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिए । जसका कारण थप सर्तकता अपनाउदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।
पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु भने नरोकिने प्रशासनले बताएको छ । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ । कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ । जिल्लामा भारतबाट आएका दुई सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ तर सबैको रिपोर्ट आउन बाँकी छ ।
कोभिड–१९ को संक्रमण पुष्टि भएका सबै लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।भारतले लकडाउन खुकुलो बनाएसँगै रोजगारीका लागि भारतमा रहेका नेपालीहरू स्वदेश आउने क्रम जारी छ । एक साताअघि भारतबाट आएका नौ सय ४३ जनालाई जिल्लाका १० वटा स्थानीय तहले बनाएको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकामध्ये चार सय ४३ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरूमध्ये दुई सय ४४ जनाको रिर्पोट आउदा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अब एक सय ९९ जनाको रिर्पोट आउन बाँकी छ ।
Related News
सम्बन्धित समाचार
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
hero news full width
मुख्य समाचार
द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
वैशाख ६, २०७८