जातीय विभेदको विरुद्धमा विश्व हिन्दु महासंघः ‘यो कु–संस्कार हो’

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७७
Top-Hindu-God-1024×675

पोखरा, २९ बैशाख । विश्व हिन्दु महासंघ नेपालले पोखरा १६ लामाचौरमा भएको जातीय विभेदसम्बन्धी घटनाको भत्र्सना गरेको छ । हिन्दु रितिरिवाज र सँस्कृतिको नाममा हुने कुनैपनि जातीय विभेद सम्बन्धी घटना महासंघका लागि अमान्य हुने उसले बताएको छ ।

महासंघ कास्कीका अध्यक्ष पार्वता पौडेल र महासचिव कमल पौडेलद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तीमार्फत संस्थाले जातीय विभेद गर्नु शास्त्र विपरित कार्य भएको र कानुनको हिसाबले पनि दण्डनीय रहेको बताएको छ। ‘सनातन धर्मको मुलग्रन्थ बेद, गीता तथा उपनिषद्मा कहिँ पनि उल्लेखख नभएको जातीयताको विषयलाई लिएर समाजमा अमानवीय घटना घटिरहेका छन् ।’ प्रेस विज्ञप्तिमा भनिएको छ–‘यो कुसंस्कार हो । र, यस्तै कुसंस्कारका कारण सनातन धर्ममाथि प्रहार भैरहेको छ । जातिय सद्भाव खलबलिएको छ ।’

विज्ञप्ति मार्फत महासंघ जातीय विभेदको स्पष्ट रुपमा विपक्षमा रहेको उल्लेख गरेको छ । साथै महासंघले हरेक जातीयले सार्वजनिक स्थलको निर्विवाद प्रयोग गर्न पाउने अधिकारको पनि स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने माग गरेको छ ।साथै प्रदेश सांसद माननीय कृष्णबहादुर थापाले जारी गरेको प्रेस विज्ञप्ति प्रति लक्षित गर्दै महासंघले जातीय सद्भाव र भाइचारा सम्बन्ध कायम राख्न संयमता अपनाउन आग्रह गरेको छ । ‘न्यायिक छानबिनको क्रममा रहेको घटनालाई निष्पक्ष छानविन हुने वातावरण होस् र कसैबाट प्रभावमा परेर छानविनलाई तोडमोड गर्ने काम नहोस् भन्ने कुरामा हामी विशेष जोड दिन चाहन्छौँ ।’ संस्थाका महासचिव कमल पौडेलले भने ।

समाजमा घट्ने यस्तै जातिय विभेदका घटना र केही सद्भाव खलबलाउने नियत भएका व्यक्ति अनि संस्थाकै कारणले नेपालमा धर्मान्तरणको समस्या बढ्दै गएको महासंघको दाबी छ । साथै महासंघले यस्ता घटनालाई रितिरिवाज र संस्कारको नाम दिएर धर्मलाई दूषित नबनाउन पनि आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width