वैशाख २९ पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आगामी आर्थिक वर्ष २०७७/०७८मा कृषक मैत्री नीति तथा बजेट ल्याउन मन्त्रालयलाई सुझाब दिएको छ ।
गण्डकी प्रदेश भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरसंग छलफल गर्दे समितिले उक्त सुझाब दिएको हो ।
समितिका सभापति दीपक कोइरालाले अबको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई आधुनिकीकरण , बैज्ञानिकीरण गर्ने व्यवस्था मिलाउन समितिले सुझाब दिएको हो । प्रदेश भित्र कृषकले उत्पादन गरेको बस्तुको बजार ग्यारेन्टी प्रदेश सरकारले गर्ने कार्यक्रम अहिलेको मुख्य आवश्यकता देखिएको कोइरालाको भनाई थियो । समितिले अबको बजेटमा कृषिलाई समृद्धि र रोजगारीसंग जोडेर कार्यक्रम बनाउन पनि सुझाब दिएको छ ।
साना–ठूला सबै प्रकारका किसानको लगत राख्न समितिले मन्त्रालयलाई सुझाव पनि दिएको छ । कृषि बीमालाई प्रभावकारी बनाउन,साउन महिनामै कार्यविधि निर्माण गरेर योजनाहरु सञ्चालन हुने व्यबस्था मिलाउन,केही कृषि उपजमा उत्पादनको आधारमा अनुदान दिने व्यबस्था मिलाउन , कोभिड १९को कारण विदेशबाट फर्केर आएका युवालाई लक्षित गरेर कार्यक्रम ल्याउन पनि सुझाब दिएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले कोभिड १९को कारण सरकारको ध्यानपनि कृषितर्फ गएको बताए । यस वर्ष २ अरब ३० करोडको बजेट आउने उनले बताए । चालु वर्षमा १ अरब ६२ करोड मात्रै बजेट रहेको मन्त्री थापामगरले बताए । मन्त्रीले नयाँ योजनाहरुमा बाहिरबाट आयात गर्नुपरेको सम्भावना भएर पनि उत्पादन नभएको लसुन प्याज जस्ता बस्तुमा उत्पादनको आधारमा अनुदान दिने नीति तथा कार्यक्रम ल्याइने बताए ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८