पोखरा सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीहरुका लागि अनलाइनबाट नै अध्ययन गराएकाे छ। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चालेको लकडाउनले गर्दा विद्यालय आउनेजाने परिस्थिति नभएकाले अनलाइन कक्षा सञ्चालन गर्न परेको धारणा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाले व्यक्त गरे।
“लकडाउन लागु हुनु अगि निर्धारित समयमा नै कोर्स सकिए पनि रिभिजन र केही विशेष कक्षा जारी राख्ने योजना विद्यालयले बनाएको थियो तर विद्यालय आउनेजाने परिस्थिति अनुकुल नहुँदा अनलाइनमार्फत यस विद्यालयले आफ्ना विद्यार्थीहरुलाई यो सुविधा निशुल्क प्रदान गराइरहेको छ।” सापकाेटाले बताए।
शैक्षिक संस्था बन्द अनि परीक्षा कार्यक्रमको अनिश्चितता भएको अवस्थामा विद्यार्थीहरु स्वभावैले शैक्षिक गतिविधिहरु बाट टाढा रहने सम्भावना रहेको हुँदा अनलाइन कक्षा सञ्चालन गर्न परेको कुरा विद्यालयका कार्यक्रम संयोजक शिव त्रिपाठीले जानकारी दिए। त्रिपाठीले भने “यस परिप्रेक्ष्यमा अनलाइन कक्षाले धेरै महत्वपूर्ण भूमिका खेल्दछ । विद्यार्थीहरु आफ्ना शैक्षिक संस्था र गुरु तथा गुरुआमाको सम्पर्कमा हुन सक्छन् र सिकाइ प्रक्रिया पनि अगि बढ्दछ । अहिलेको विकल्प भनेको उपलब्ध प्रविधिको प्रयोगमार्फत सुरक्षित तवरले अध्ययनअध्यापन गर्नुगराउनु नै हो।”
लकडाउन हुनुभन्दा अघि नै ११ को व्यवस्थापन विषयको कक्षा सकेर सिराहा जिल्लामा बसेकी रिद्दिमा सिंहले भनिन्ः “दुई हप्ता भयो अनलाइन कक्षामा सहभागी भएको। दिनमा तिनवटा कक्षा सञ्चालन भएका छन् । अनलाइन कक्षामा सहभागी भएपछि मैले पढिसकेका अनि बिर्सेका कुराहरु पुनः सम्झेकी छु । मेरा लागि गाह्रो हुन पुगेका लेखा र अर्थशास्त्र विषयमा मैले स्पष्ट हुने मौका पाएकी छु। यसले मेरो वार्षिक परीक्षामा ठुलो सहयोग पुर्याउनेछ भन्ने विश्वास लिएकी छु।”
यस्तै १२ कक्षाको विज्ञान विषयको पढाइ सकेर दार्चुला जिल्लामा बसी परीक्षाको तयारी गरिरहेका विद्यालयका विद्यार्थी दिनेश बिस्टले “सुरुमा अनलाइन कक्षा बुझ्न र अभ्यस्त हुन केही असहज भए पनि दार्चुला र पोखराको दुरी घटाइदिएकोमा रमाइलो लाग्यो। आफूले नबुझेका र बिर्सेका कुराहरु पनि शिक्षकशिक्षिकाहरुबाट फेरि सुन्ने अनि सोध्ने अवसर पाउँदा निकै लाभान्वित भएको छु। खाली भएका बेला नजानेका कुराहरु टिपेर बस्छु अनि अनलाइन कक्षामा सहभागी भएर तिनको समाधान गरेको छु। यसरी आफ्नै घरमा बसेर कक्षा लिन पाउँदा ममा निकै उत्साह आएको छ।”
विद्यालयका प्रिन्सिपल नारायण न्यौपानेको संयोजनमा सञ्चालन भइरहेको अनलाइन कक्षाका बारेमा प्रिन्सिपले न्यौपाने भन्छन्ः “शनिबार र आइतबार बाहेक प्रत्येक दिन बी.बी.एस पहिलो वर्ष अनि ११ र १२ कक्षाको व्यवस्थापन र विज्ञान विषयको अनलाइन कक्षा सञ्चालन गराइरहेका छौं। यी कक्षा रिभिजन प्रकृतिको भएको हुँदा नबुझेको सोध्ने र विद्यार्थीका निम्ति महत्वपूर्ण ठानिएका पाठ दोहोर्याइरहेका छौं। यो सुबिधाबाट कतिपय बञ्चित विद्यार्थीलाई पनि सुविधा उपलब्ध गराउने पद्धतिको योजना बनाइराखेका छौं।”
विद्यालयमा विज्ञान र व्यवस्थापन विषयका एक हजार विद्यार्थीहरु रहेकाे जनाइएकाे छ।
Related News
सम्बन्धित समाचार
‘विद्यार्थीको रोजाइमा टुरिजम कलेज’
जेएमसीको २२ औं सभा : क्याम्पसको वार्षिक बजेट साढे २० करोड
राजदूत दाहालसँग इक्यान कास्कीको अन्तरक्रिया
भिमादमा विद्यालय बन्द नहुने
४ दिन शिक्षण संस्था बन्द हुने
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७