भारतलाई तेस्रो अन्तर्राष्ट्रिय अनलाइन सुटिङ च्याम्पियनसीपको उपाधि

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७७
International Online Shooting Championship

पोखरा । तेस्रो अन्तर्राष्ट्रिय अनलाइन सुटिङ च्याम्पियनसीपमा भारतीय खेलाडी च्याम्पियन बनेका छन् ।

उनीहरु १० मिटरको सुटिङ च्याम्पियनसीपमा च्याम्पियन बनेका हुन् । च्याम्पियनसीप अन्तर्गत १० मिटर इयर राइफल र १० मिटर इयर पेस्तोलमा यशस्विनी सिंह देशवाल र रुद्राक्ष पाटिल च्याम्पियन बनेका हुन् । उनीहरु टोकियो ओलम्पिक २०२० का लागि पदकप्राप्त खेलाडी हुन् ।

महाराष्ट्रका रुद्राक्षले १० मिटर इयर राइफलमा विश्व कीर्तिमानसमेत बनाएका छन् । उनले २५२.९ को विश्व रेकर्ड बनाएपनि यो रेकर्ड दर्ता नहुने बताइएको छ । यद्यपी, यस प्रतियोगिताले विश्व सुटिङ खेल महासंघबाट मान्यता पाएको छैन ।

भारतका एस वर्धन दोस्रो र फ्रान्सका एटिएने गेरमोड तेस्रो स्थानमा छन् । यशस्विनीले १० मिटर पेस्तोलमा २४३.८ अंक जोडेर पहिलो स्थान बनाएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width