लागुऔषध सहित बर्दघाटका दुई जना पक्राउ

रामकुमार श्रेष्ठ
वैशाख २८, २०७७
lagu aausad

परासी । पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन्।

प्रतापपुर गाउँपालिका ५ बसहिया स्थित प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ परेको हो।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका ६ बस्ने २८ बर्षीय विजयी चौधरी र २५ बर्षीय सुनिल चौधरीलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ओनेरेक्स सिरफ १ सय एमएलको ४ बोतल नाइटोभेट ७५ पिस, स्पास्मो ८ क्याप्सुलका ५४ थान बरामद गरेको जनाएको छ । उनीहरुसँगै सम्लग्न अन्य फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width