काठमाण्डौं, २८ वैशाख । भारतले सीमा अतिक्रमण गरेको विषयमा वक्तव्यबाजी छाडेर कुटनीतिक र राजनीतिक पहल थाल्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आग्रह गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक वक्तव्य जारी गर्दै राष्ट्रियताको प्रश्नमा कांग्रेस सधैँ सरकारको साथमा रहेको बताएका हुन् । ‘यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्चस्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कुटनैतिक र राजनैतिक रुपमा उच्च स्तरीय पहलकदमी गर्न सार्वजनिक रुपले अपील गर्दछु,’ देउवाले भनेका छन्।
यसअघि नक्सा प्रकरणमा पनि सरकारको भूमिका वक्तव्यमा मात्र सीमित रहुन दुःखद् भएको कांग्रेसको ठहर छ। ‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय होइन, यो परिणाममुखी हुनुपर्छ भन्नेमा कांग्रेस पहिलेदेखि नै प्रस्ट छ,’ वक्तव्यमा भनिएको छ, ‘नेपालको भूभागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कुटनीतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्।’सन् २०१५ ममा भारत र चीनले बेइजिङमा गरेको सम्झौताप्रति आफ्नो सरकारले दुवै देशलाई प्रोटेस्ट नोट पठाएको स्मरण गराउँदै कांग्रेसले सीमासम्बन्धी आफ्नो पार्टीको अडान स्पष्ट रहेको बताएको छ।
Related News
सम्बन्धित समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
‘घर जलेर खरानी भो’
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८