तस्वीर–दुर्गादेवी वास्तोला
पोखरा, २८ वैशाख । भारतले नेपाली भूमि गुञ्जी–कालापानीहुँदै लिपुलेकसम्म बिनाइजाजत सडक निर्माण गरेकोप्रति पोखराका अधिकारर्मीले विरोध जनाएका छन् । साथै उनीहरुले आइतबार प्रेस विज्ञप्ति जारी नेपाली भूमि रक्षाका लागि तत्काल कदम चाल्न सरकारसमक्ष विभिन्न ६ बुँदे माग राखेका छन् ।
आफ्नो भूमि रक्षा गर्नु कुनै पनि मुलुकको सरकारको पहिलो कत्र्तव्य हो भन्दै सो कत्र्तव्यबाट अहिलेको सरकार च्यूत भएको ठहर विज्ञप्तिमार्फत गरिएको छ । भारतले नेपाली भूमिमा सडक खन्दै गर्दा देखेको नदेखेझैं गरेको भन्दै तत्काल राष्ट्रिय हितका पक्षमा उभिन आग्रह गरिएको छ ।
जसअनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत महाकाली पूर्वका सम्पूर्ण भूभाग समेटेर नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्नुपर्ने, उच्चस्तरीय कुटनीतिक पहल कायम गरी उपयुक्त समाधान खोज्नुपर्ने, भारतद्वारा निर्मित सो सडकको स्वामित्व र कब्जा नेपालकै कायम गराई सार्वजनिक सडक ऐन कानुन लागू गर्न माग गरिएको छ ।यस्तै, नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी तुरुन्तै फिर्ता पठाउनुपर्ने, नेपाल–भारत सीमामा अन्तर्रा्ष्ट्रिय कानुनविपरीत निर्मित बाँध भत्काउनु पर्ने, नेपालका विभिन्न स्थानमा देखिएका सीमा विवादको स्थायी समाधान खोज्नुपर्ने माग गरिएको छ ।
विज्ञप्तिमा सीमा बचाऔं अभियान पोखराका तर्फबाट अधिकारकर्मी रामबहादुर पौडेल, भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाका तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, सचेतना समाज नेपालका अधिवक्ता सुरेन्द्र थापामगर, राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका विष्णुहरि अधिकारी, नागरिक समाज पोखराका इन्द्रकमल मानन्धर र स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालकी शशी तुलाचनले संयुक्त हस्ताक्षर गरेका हुन् ।त्यसैगरी लिपुलेककै विषयलाई लिएर पोखराको महेन्द्रपुलमा अनेरास्ववियु निकट विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला दहन गरेको छन् ।
Related News
सम्बन्धित समाचार
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
आहारारा गोल्ड कप संकटालाई
hero news full width
मुख्य समाचार
पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७आहाराराले पाउनेछ नयाँ विजेता
चैत्र २८, २०७७देवचुलीमा पानीको हाहाकार
चैत्र २८, २०७७मुख्यमन्त्रीलाई सांसद खड्काको ब्याटल : शालीन लाग्थ्यो, नकाब उघ्रियो
चैत्र २७, २०७७माओवादी केन्द्रले दर्ता गरायो गृहमन्त्री थापाले दल त्याग गरेको सूचना
चैत्र २७, २०७७