फेवातालमा युवकको शव फेला

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७७
96745360_2335109779968009_1642657285131993088_n

पोखरा, २८ बैशाख । पोखराको फेवातालमा एक युवक मृत फेला परेका छन्।आइतबार बिहान तरकारी किन्न भन्दै निस्केका ४० वर्षीय राजु बास्तोलाको शव तालमा तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पोखरा १८ घर भएका उनी विन्ध्यवासिनी नजिक बस्दै आएका थिए। तर उनको मृत्युको कारण भने नखुलेको र अनुसन्धान सुरू भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले जानकारी दिए।शुक्रबार पनि फेवामा एक युवकले दौडिदै हाम फालेर ज्यान गुमाएका थिए। उनको पहिचान खुलेको छैन।

Related News

सम्बन्धित समाचार

hero news full width