काठमाडौं, २८ वैशाख । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् । कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणको लागि ट्रम्पले लिएको नीतिको ओबामाले विरोध गरेका हुन् । उनले अहिले अमेरिकाले कोरोना भाइरसको नियन्त्रणको लागि गरेको प्रयास ‘अराजक संकट’ को जस्तो रहेको बताएका छन् ।
एक निजी कुराकानीको क्रममा ओबामाले आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा जोन बाइडनको समर्थन गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्न चाहेको बताएका छन् । पूर्व कर्मचारीहरुलाई बाइडनको राष्ट्रपतीय निर्वाचन टोलीसँग काम गर्न प्रेरित गर्ने क्रममा ओबामाले यस्तो बताएका हुन् ।ओबामाले दिएको अभिव्यक्तिको जवाफमा अमेरिकी राष्ट्रपतिको कार्यालयले भने ट्रम्पको कदम अभूतपूर्व रहेको र यसले धेरै अमेरिकी नागरिकहरुको ज्यान बचाएको दाबी गरेको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणको विषयलाई लिएर ट्रम्पको मुलुकभित्र र बाहिर पनि आलोचना भइरहेको छ । यद्यपि ट्रम्पले भने अमेरिकामा कोरोना भाइरसको महामारी फैलिनुमा डब्ल्यूएचओ, चीन र विपक्षी डेमोक्रेटिक पार्टी दोषी रहेको बताउँदै आएका छन् ।अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने संख्या १३ लाख नाघेको छ । त्यस्तै ७८ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।
श्रोत– बीबीसी
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
hero news full width
मुख्य समाचार
पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८