थप एकसँगै नेपालमा काेराेना संक्रमितको संख्या ११० पुग्यो

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७७
f78005d5ec8ac1453e834a6915cb5b3c_w1000_h500_cp

काठमाडौँ, २८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ११० पुगेको छ । आइतबार थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयले विज्ञप्ति मार्फत ११० जना पुगेको पुष्टि गरेकाे हाे। काेशी अस्पताल, विराटनगरकाे प्रयाेगशालामा गरिएकाे परिक्षण अनुसार थप १ जनामा पाेजिटिभ देखिएकाे हाे। जाे भुल्के निवासी ४३ बर्षिय महिला हुन्।

हाल सम्म प्राप्त विवरण अनुसार निजकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनी स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे जनाइएकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width