दुर्घटनामा चालक गम्भिर घाईते

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७७
11

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ बतासे स्थित गोरखा बजारबाट खाद्यान्न सामाग्री बोकी मकैसिङ तर्फ जाँदै गरेको ग१ख ४४३३ नं को ट्रक सुकेडाँडामा दुर्घटना हुँदा बर्ष ३२ का चालक बिकास बिक गम्भिर घाईते भएका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार ट्रक बाटो देखी दाहिने तर्फ अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना भएकाे हाे। घाइते विकलाइ उपचारकाे लागि भरतपुर चितवन पठाईएको छ।

ट्रकमा सवार अन्य दुई जना सहचालक भने सामान्य  रहेकाे र उनीहरूलाइ उपचारकाे लागी जिल्ला अस्पताल पठाइएकाे प्रहरी कार्यालयले जनाएकाे छ।

उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width