लकडाउनमा उद्योगीलाई मजदुरकै समस्या

२० प्रतिशतभन्दा माथिको अप्रेसनमा छैनन्ः अधिकारी

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७७
11

पोखरा, २७ वैशाख । लकडाउनजारी रहेकै बखत सरकारले शुक्रबारदेखि ४२ प्रकारका उद्योग संचालन गर्ने निर्णय गरेपनिपोखराका उद्योगहरुको अप्रेसन नगण्य छ । यहाँका उद्योगहरु मात्र २० प्रतिशतभन्दा माथिकोअप्रेसनमा नरहेको पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारी बताउँछन्।

पोखराऔद्योगिक क्षेत्र तथा त्यसबाहिर रहेका केही उद्योगहरु शुक्रबारदेखि खुलेपनि कच्चापदार्थअभाव, मजदुर समस्या र त्यससँग सम्बन्धित अन्य उद्योग संचालनमा नआउँदा समस्या रहेको अधिकारीलेबताए । संघमा औद्योगिक क्षेत्रका करिब ८० र त्यसबाहिर संचालित करिब १ सय उद्योग आबद्धछन् ।‘सरकारलेउद्योग खुलाउन भनेपनि संचालक आफै घरदेखि उद्योगक्षेत्रसम्म जान समस्या छ । घर गएका सबै मजदुरफर्केका छैनन्।

आवश्यक कच्चापदार्थ अभाव छ,’ अधिकारीले आदर्श समाजसँग भने,‘ संचालितउद्योगबाट उत्पादित सामानको बजारीकरण समस्या उस्तै छ । सम्बन्धित अन्य उद्योग संचालनमानआउँदा संचालित भएकाले पनि अप्रेसन दिन नसकेका हुन् ।’ कोरोनाभाइरस संक्रमण प्रभावबीच लकडाउन नखुलुञ्जेल सबै उद्योगहरुले सत्प्रतिशत उत्पादन दिन कठिनहुने उनी बताउँछन् ।विशेषगरपिोखरा क्षेत्रमा पानी प्रशोधन, चाउचाउ, बिस्कुट, खाद्यान्न उद्योगहरुले सीमित मजदुर राखेरसंचालनमा ल्याएका छन् । यस्तै, मेसिन स्टार्ट गर्ने काममात्र भएको छ।

बिग्रिन सक्नेमेसिनरी सामान चलाउनु पर्ने भए सो चलाइएको तर आम्दानीको हिसाबले संचालन हुन अझैकेही समय लाग्ने देखिन्छ ।यसबीचमाअर्को समस्या निम्तिको छ–मजदुरको तलब । केही उद्योगी व्यवसायीलाई मजदुरलाई तलबखुवाउनै समस्या छ । लकडाउन बेलामा पूरा काम गरेका कार्यरत मजदुरलाई जसोतसोपेश्की भएपनि दिइएकोमा घर फर्केका मजदुरलाई बिनाकामको पैसा कसरी दिनूभन्नेमै उनीहरुको लागि टाउको दुखाइ विषय बनेको हो । पोखराकोजेठो संस्था पोखरा उद्योग वाणिज्य संघले २४ वैशाखमा सरकारलाई २८ बुँदे ज्ञापनपत्रबुझाउँदै ‘नो वर्क, नो पे’ अवधारणा लागू गर्न माग गरेको थियो । लकडाउनमाउद्योग बन्द गरी सरकारलाई सहयोग गरेकोले, अब सरकारले पनि आफूहरुलाई सहयोगगर्नेपर्ने संघको माग छ।

संघअध्यक्ष अधिकारी भन्छन्, योगदानमा आधारिक समाजिक सुरक्षा कोषमा ३६ अर्ब रकम जम्मा छ। त्यो रकम मजदुरलाई तलब खुवाउन तथा उद्योग व्यवसायलाई पहिलेकै अवस्थामा फर्काउनखर्च गरिनुपर्छ । लकडाउनले विकास निर्माणका सबै कामहरु पछाडि धकेलिएको, वाणिज्य,पर्यटन, रेमिट्यान्सजस्ता अवयवमा अडेको नेपालजस्तो सानो अर्थतन्त्रको ढाड नै भाँचिएकोहुँदा राष्ट्रिय अर्थतन्त्रलाई महत्वपूर्ण योगदान दिएको निजी क्षेत्र पनि संकटकोयो भुमरीबाट छिटो बाहिर निक्लिन सरकारले सहयोग गर्नुपर्छ ।’ यतिबेलामजदुरलाई तलबका लागि सरकार, उद्योग व्यवसायी र मजदुरबीच त्रिपक्षीय सहमति गरी सबैलेसमान क्षति बेहोर्नुपर्ने उनको माग छ । नियमित रुपमा कार्यरत मजदुरलाई पूरा तलबदिन सकेपनि घरमा रहेकाले आफूले पनि ३३ प्रतिशत बेहोर्नुपर्ने उनको भनाइ छ । यता,काममा फर्केका केही मजदुरले जोखिम अवस्थामा काम गरेकोले दोब्बर तलब माग गरेका छन्। नेपाल कारखाना श्रमिक संघका केन्द्रीय उपमहासचिव केशव भट्टराईले जोखिम मोलेर कामगरेको मजदुरको तलब दोब्बर हुनुपर्नेमा जोड दिन्छन् ।अर्कोतर्फनेकपानिकट अखिल नेपाल मजदुर संघका नेता लोकबहादुर भुजेलले दोब्बर तलब नभएपनि तलबको५० प्रतिशत हुनुपर्नेमा बताउँछन्।

यसरी मजदुरको समस्याले उद्योगी व्यवसायी स्वयंलाईअन्यौलता सृजना भएको छ । पोखराबिस्कुट प्रालिका निर्देशक बलराम बरालले यतिबेला सरकारको नीतिले जटिलता थपेको टिप्पणीगर्दछन् । ‘सरकारी उद्योग प्रतिष्ठानलाई एउटै नियम लागू गर्न खोज्दा समस्या आएकोहो । मजदुरको तलब वृद्धि गर्दा त्रिपक्षीय सम्झैता अनिवार्य हुन्छ भने संकटमा पनि सम्झौताहुनुपर्छ,’ उनले भने । उनकाअनुसार एउटा बिस्कुट उत्पादन गरी बजार पठाउँदा ३० ओटाभन्दा बढी सामग्रीहरु चाहिन्छ । तरसम्बन्धित अन्य उद्योग संचालनमा आउन नसक्दा र बजार नहुँदा उत्पादनमा कठिनाइ भएको छ । पोखराऔद्योगिक श्रेत्र उद्योग संघका पूर्व अध्यक्ष चन्द्रबहादुर राजभण्डारीले लगडाउनअवधिभर पूरा तलब दिनुपर्छ भन्ने सरकारको नीतिले समस्या बल्झिएको बताए । उनकाअनुसारमा पोखरामा हाल ४० प्रतिशत मजदुरमात्र काममा फर्केका छन्। लकडाउनमा घर गएकामजदुर काममा फर्केपछि अर्को समस्या निम्तिन सक्ने उनको भनाइ छ । काम नगरीकन ज्यालादिन नसकिने उनी बताउँछन्।

पोखराऔद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भूषण उपाध्यायले उद्योग सञ्चालनविषयमा संचालक सकारात्मक देखिएपनि निर्देशिकाअनुरुप आवासीयरुपमा मजदुरलाई व्यवस्थापनमाकठिन हुने बताउँछन् । औद्योगिकक्षेत्रभित्र ७२ उद्योग संचालनमा रहेकोमा हाल शुक्रबार ३४ उद्योगमात्र संचालनमा आएकाथिए । पोखरा औद्योगिक क्षेत्रमा हाल करिब ३ हजार जना मजदुर कार्यरत छन्।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width