पोखरा, २५ वैशाख । फेवातालमा हाम फालेर एक युवकले ज्यान गुमाएका छन् । एक्कासी ५० मिटर जति दौडिएर बाई बाई भन्दै उनले पानीमा हाम फालेका हुन्।
केही समय पौडिएपछि पानीभित्र हेलिएका उनलाई सशस्त्र प्रहरीले खोजी सुरु गरेको थियो । यद्यपि ४० मिनेटपछि मात्र उद्धार भएपनि उनको ज्यान गइसकेको थियो।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक यादव ढकालले प्रत्यक्षदर्शीको भनाइ उद्घृत गर्दै दिउँसो २ बजेर २० मिनेटमा ताल किनारको फुट ट्रयाकमा दौडिएर क्याम्पिङचोक नजिकबाट बाई बाई भन्दै हाम फालेको बताए । पानीमा हाम फाल्नुअघि उनले आफूले लगाएको सबै कपडा खोलेर नाङ्गै भएका थिए।
करिब ३० वर्षका देखिने नेपाली ती युवकको पहिचान हुन सकेको छैन । शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको ढकालले जानकारी दिए।
नजिकै रहेका डुंगा चालकले ती युवकलाई पौडिदाको बखत फर्क फर्क भनी भने पनि अटेर गरेका थिए।
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१