म्याग्दी ,२६ बैशाख । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु संक्रमण देखिएको छ । शुक्रबार बेनी अस्पतालमा उपचारका लागि आएका दुई जना पुरुषमा डेङ्गु पोजेटिभ देखिएको हो । बेनी नगरपालिका–५ पुलाचौर, भिरमुनिका २५ बर्षिय पुरुष र वडा नं. ६ स्थित छापका २० बर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए।
उनका अनुसार संक्रमित सामान्य विरामी मध्य एक जनालाई चिकित्सको सल्लाहअनुसार घर पठाइएको छ भने एक जनालाई अस्पताल भर्ना गरिएको छ । यससंगै म्याग्दीमा डेङ्गु रोगीका विरामीको संख्या ९ पुगेको छ । नौै जना डेङ्गू संक्रमित विरामी मध्य बूधबार भर्ना भएका एक जना सहित तीन जना मात्र अस्पतालमा उपचाररत छन् । अन्य उपचारपछि निको भएर घर फर्किएको सुचना अधिकारी सुवेदीले जानकारी दिए। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो ।
यसअघि बूधबार मात्र दूई जनामा डेङ्गु पोजेटिभ देखिएको थियो । तनहुँको दमौली घर भई बेनी नगरपालिका –मंगलाघाटका एक र मंगला गाउँपालिका –१ भर्जुलाका एक जनामा जाँच गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । म्याग्दीमा पहिलोपटक माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो।
बैशाख ९ गते मंगला–५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो ।वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर घई बेनी–५ भिरमुनी बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको थियो।
डेङ्गुको जोखिमबाट बच्न सावधानी र सतर्कता अपनाउनुपर्ने बेनी अस्पतालका क्लिनिकल प्रमुख डा.नवराज बस्ताकोटीले बताए । यो वर्ष अन्य ठाउँमा समेत विस्तार भएको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसमको समयमा लामखुट्टे सक्रिय हुने भएकाले विशेष सरसफाईमा ध्यान दिनुपर्ने डा.बस्ताकोटीको सुझाव छ । बेनी बजारको गणेशटोल, मंगलाघाट, बसपार्क ,कालिपुल ,पारीबेनी र पुलाचौर स्थित भिरमुनीलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो ।यसैगरी म्याग्दीमा डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान चलाइएको छ।
५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् । टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ ।गत वर्ष १३ जना डेङ्गु संक्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परिक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रो–३५ वुमन्स क्रिकेट सिरिज : पोखरा क्रिकेट क्लबकोे अग्रता
गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
कालिका माविमा युनाइटेड क्लकाे लागुऔषध सचेतना कार्यक्रम
कांग्रेस कास्की सभापतिलाई पितृशोक
सडक कालोपत्रेको माग गर्दै मंगलाघाटवासी आन्दोलित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीको पदस्थापन
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८