राष्ट्रपति र सभामुखबीच भेटवार्ता

एजेन्सी
वैशाख २६, २०७७
RoS_KTM_20200219__MG_6424

काठमाडौं, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा शुक्रबार दिउँसो सुरु हुने संघीय संसदको छैठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा सभामुख सापकोटाले कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनद्वारा गरिएको दिशानिर्देश अनुसार संसदको बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए । संघीय संसदमा जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

Related News

सम्बन्धित समाचार

hero news full width