बन्दाबन्दीले औषधि अभाव

रासस
वैशाख २६, २०७७
chemist-shop-my-medical-in

फाइल तस्बिर

धादिङ, २६ वैशाख । फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) लाई औषधिको अभाव भएको छ । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा नियमित खानुपर्ने औषधि जिल्लामा उपलब्ध नभएपछि उनीहरुलाई समस्या परेको हो ।

मनोसामाजिक समस्या भएका व्यक्तिहरुले औषधि खरिद गर्न नपाएर समस्या भोगिरहेका छन् भने रकम अभावमा समेत उनीहरुले डेढ महिनाको लकडाउनमा औषधि खरिद गर्न नसकेको राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य गुणराज खतिवडाले जानकारी दिए ।

केहीले आफूसँग पैसा नभएर औषधि नपाएको गुनासो गरिरहेका छन् । जिल्लामा मनोसामाजिक औषधि खानुपर्ने अवस्थाका ४०० व्यक्ति रहेका छन् । उनीहरु बन्दाबन्दीले गर्दा समस्या भोगिरहेको उनको भनाइ छ । हेमोफेलियासम्बन्धी अपाङ्गता भएका बिरामी सात जना छन् । उनीहरुले नियमित औषधि खानुपर्छ । यसको औषधि काठमाडौँमा मात्र पाइने भएकाले औषधि ल्याउन समस्या भएको छ । वीर अस्पतालमा मात्र औषधि पाइन्छ, तर त्यहाँ पनि पाउन पहिल्यै नाम दर्ता गराउनुपर्ने हुन्छ ।

स्पाइनल कर्ड इन्जुरी भएका बिरामीको सङ्ख्या पनि जिल्लामा ३० भन्दा बढी छ । उनीहरुलाई सहायक सामग्री चाहिन्छ । दिसापिसाब गर्ने सामग्रीसमेत आवश्यक पर्ने र लामो समयसम्म लकडाउन भएका कारण अपाङ्गता भएका व्यक्ति समस्यमा परेका हुन् । बौद्धिक अपाङ्गता भएकाले समेत औषधि खानुपर्ने र उनीहरुले खाने औषधि निश्चित ठाउँमा मात्र पाउने भएकाले अपाङ्गता भएकाहरुले विपद्का बेलासमेत समस्या भोग्न बाध्य भएको समस्या भोगिरहेका शिव श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width