भारतमा रेलले किचेर १६ मजदुरको मृत्यु

एजेन्सी
वैशाख २६, २०७७
rail

फाइल फोटो

काठमाण्डौ, २६ वैशाख । भारतमा शुक्रबार बिहान रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको हो ।

बीबीसी हिन्दीका अनुसार ती मजदुर रेलको लिकमा सुतिरहेका बेला रेलले किचेको बताइएको छ। घाइते ५ जनलाई औरंगाबादस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ। दक्षिण मध्य रेलवेका प्रमुख पीआरओले बीबीसीसँग कुरा गर्दै रेल दुर्घटनामा १६ मजदुरको मृत्यु भएको र ५ जना घाइते भएको पुष्टि गरेका छन्।

औरंगाबादकी एसपी मोक्षदा पाटिलका अनुसार ती मजदुर औरंगाबादनजिक जालनाको स्टिल कारखानामा काम गर्थे। उनीहरू भुसावलतर्फ गइरहेका बेला दुर्घटना भएको हो। उनीहरूलाई त्यहाँ एउटा रेलको व्यवस्था गरिने भनिएको थियो।दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ले दुःख व्यक्त गरेका छन्। ट्विट गर्दै मोदीले भनेका छन् ‘महाराष्ट्रको औरंगाबादमा रेल दुर्घटनामा भएको जनताको मृत्यु अत्यन्त दुःखद छ।

Related News

सम्बन्धित समाचार

hero news full width