जङ्गली च्याउ खाएर महिलाको मुत्यु

रासस
वैशाख २६, २०७७
Fungi Perfecti Mushroom farm

3/22/2013–Shelton, WA, USA Pioppini mushrooms (Agrocybe aegerita) from Fungi Perfecti. Paul Stamets, 57, is an American mycologist, author, and advocate of bioremediation and medicinal mushrooms and owner of Fungi Perfecti, a family run business that specializes in making gourmet and medicinal mushrooms. ©2013 Stuart Isett. All rights reserved.

खाँदबारी, २६ वैशाख । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ मा जङ्गली च्याउ खाएर एकको मृत्यु भएको छ ।

जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी–२ गोठगाउँकी २४ वर्षीया मनिला राईको उपचारका क्रममा गएराति विराटनगरको नोबेल अस्पतालमा मुत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए । बिरामी परेकी राईलाई यही २१ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो ।

सो अस्पतालले उहाँलाई यही २३ गते नोबेल रिफर गरेको थियो । गत शनिबार मनिलाका श्रीमान् सन्देश राईले टिपेर ल्याएको च्याउ खाँदा सूर्यबहादुर लिम्बू, मनिलाकी छोरी तीन वर्षीया सुपी राई, छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र तीन वर्षीया छोरी आकाङ्क्षा बिरामी भएका प्रहरीले जनाएको छ । बिरामी परेकामध्ये पाँचजना उपचारपश्चात् घर फर्किएको जिल्ला अस्पतालका प्रवक्ता सुजता पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width