बुद्ध जयन्तीको अवसरमा ६४ युनिट रगत संकलन

विनिता सुनार
वैशाख २५, २०७७
blood 2

पोखरा, बैशाख २५ । युवा बौद्ध सँघले २५६४ औँ बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘रक्तदान नै जीवन दान हो’ भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रमबाट ६४ युनिट रगत संकलन भएको युवा बौद्ध संघका अध्यक्ष सुदिप प्रधानाङ्गले बताए ।

उनका अनुसार संकलित रगत नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त संचारमा पठाइएको थियो ।

नेपाल स्वयम् सेवी रक्तदाता समाज कास्की सँगको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त संचारको प्राविधिक सहयोगमा कार्यक्रम संञ्चान गरिएको हो ।

इच्छाशक्ति अटोमोवाइलले प्रायोजन गरेको रक्तदान कार्यक्रमका संयोजक अनन्तराज आचार्य हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width