चितुवा मार्न सफल भए कुमाल दाजुभाइ

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७७
liopard photo

तनहुँ, २५ वैशाख । भानु गाउँपालिका–४ तनहुँका ३६ वर्षीय रामबहादुर कुमालले चितुवा आक्रमणको प्रतिकार गर्दा चितुवाको घटना स्थलमा नै मृत्यु भएको छ ।

वैशाख पूर्णिमाको पूजाका लागि कुखुरा किनेर ल्याएका कुमालले वुधबार राति खोरमा कुखुरा चोरी गर्ने चोरलाई लख्ट्दै गर्दा जंगलको रुखमा वसिरहेको चितुवाले एक्कासी आक्रमणगरेपछि प्रतिकार गर्दा चितुवाको मृत्यु भएको हो । करिब ३ वर्षको जतिको देखिने पोथी चितुवाको आक्रमणको प्रतिकारगर्ने क्रममा कुमाल सख्त घाइते भएका छन् ।
रामबहादुर कुमाल नेपाली सेनाबाट निवृत्त भएका हुन् । घाइतेकुमालको पोखरास्थित गण्डकी अस्पतालमा उपचारका लागि लगिएको छ । कुखुरा चोलाई लखेट्न उनका छिमेकी र छोरा समेत गएका थिए । जंगलको खोल्सा नजिक पुगेका रामबहादुरका छोरा समीरलाई चितुवाले आक्रमण गरेपछि रामबहादुरले छोरा जोगाउन खोज्दा चितुवाले रामबहादुरमाथि नै आक्रमण गरेको थियो ।

चितुवा र उनीहरुका बीचमा झण्डै आधा घण्टा घम्साघम्सी चल्यो ।रामबहादुरको हात नै चितुवाको मुखभित्र प¥यो भाईलाई चितुवाले लडाएको देखेपछि दाइ भरत चितुवामाथि जाइलागे । भरत र रामबहादुरका छोराहरु पनि उठेर बाबुहरुको पछि दौडिए ।रातको तीन बजे थियो छोराहरुले ढुंगा र लाठीले लगातार चितुवामाथि प्रहार गरे । चितुवाको मुखबाट रामबहादुरको हात निकाले । ‘चितुवाको मुखमा ढुंगा कोचेर भाइको हात निकाल्यौ, चितुवाले भाग्न निकै बल गरिरहेको थियो, जोडले अठ्याएर मा¥यौं’ भरतले भने । अन्दाजी १५ किलो तौल र करिब ३ वर्षको पोथी चितुवालाई उनीहरुले मारेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । ‘बाहिरी भाग खुइलिएको चितुवा हेर्दा रोगी जस्तो थियो’ बरालले भने । मृत चितुवा डिभिजन वन कार्यालय दमौली ल्याइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य…
  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width