वडाको अभियानः मजदुरलाई श्रम, जग्गा बाँझो नराख

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७७
Ward-8

तनहुँ । सरकारले लकडाउनको अवधि बढाएसँगै पर्ने समस्या सामाधानका लागि शुक्लागण्डकी नगरपालिका वडा नं. ८ ले वडामा बसोबास गर्ने मजदुरहरुलाई श्रममा लगाएको छ ।

मजदुरी गरी जिविकोपार्जन गर्दै आएका कामदारहरु लकडाउन सुरु भएसँगै काम गर्न नपाएपछि समस्यामा थिए । वडाले लकडाउन भएको एकसाता भित्रै स्थानीय श्रोतबाट राहत वितरण गरेको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले आदर्श समाजलाई जानकारी दिए ।

राहत स्वरुप पाएको खर्च पनि सकिएपछि राहतको सट्टा वडाकै योजना अन्तरगतका सडक तथा नाला निर्माण, मर्मत एवम् सरसफाई, कृषि तथा उत्पादनमुलक क्षेत्रमा काममा लगाउने भएको छ ।

मजदुरलाई राहत भन्दा श्रमको खाँचो रहेको पाईएपछि सरकारी दररेट अनुसारको पारिश्रमिक दिएर काममा लगाईएको वडाध्यक्ष रेग्मीले जानाकारी दिए ।


साथै लकडाउनको बढ्दो अवधि र यसको प्रभावलाई मध्यनजर गर्दै सम्भावित भोकमरीको समस्या सामाधानका लागि वडाभित्र जग्गा वाँझो नराख्ने अभियान शुरु भएको अध्यक्ष रेग्मीले बताएका छन् ।

कम्तिमा ३ रोपनि क्षेत्रफलमा तत्काल छोटो समयमा उव्जनी गर्न सकिने तरकारी सामुहिक वा व्याक्तिगत तवरले व्यवसायिक रुपले गर्ने कृषि समूह वा व्यक्तिलाई कुल लगानीको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । ३ रोपनि भन्दा कम क्षेत्रफल भएमा आफ्नो व्यक्तिगत प्रयोजनका लागि खेती गर्ने कृषकलाई टोल विकास संस्थामार्फत निःशुल्क बीउ विजन वितरण गरिने भएको रेग्मीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width