एम ए का विद्यार्थी अनलाइन मार्फत पढ्दै

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७७
class_snip
  • पृथ्वीनारायण क्याम्पस पोखराका सहप्राध्यापक डा.गिरधारी दाहालले एक महिनादेखि एम ए प्रथम सेमेस्टरका विद्यार्थीको कक्षा अनलाइन मार्फत संचालन ।
  • विश्वविद्यालयको पठन पाठन रोकिएको भएता पनि विगत एक महिना देखि उनले अनलाइन कक्षा मार्फत विद्यार्थीलाई पढाउदै आएका हुन् ।
  • बन्दाबन्दीका कारण विद्यार्थीहरु हाल देशका विभिन्न ठाँउमा रहेका भएतापनि अनलाइन मार्फत प्रत्यक्ष अध्ययन कार्यमा जोडिने अवसर पाएका छन् ।

पोखरा, २५ वैशाख । त्रिभूवन विश्वविद्यालय अन्तरगत पृथ्वीनारायण क्याम्पस पोखराका सहप्राध्यापक डा.गिरधारी दाहालले एक महिनादेखि एम ए प्रथम सेमेस्टरका विद्यार्थीको कक्षा अनलाइन मार्फत संचालन गर्दै आएका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले निम्त्याएको बन्दाबन्दीका कारण विश्वविद्यालयको पठन पाठन रोकिएको भएता पनि विगत एक महिना देखि उनले अनलाइन कक्षा मार्फत विद्यार्थीलाई पढाउदै आएका हुन् । सहप्राध्यापक दाहालले गत महिना चैत्र २५ गतेदेखि नियमित कक्षा सञ्चालन गर्दै आएका छन् । कोर्ष नसकिएसम्म अध्ययन अध्यापन जारी रहने उनले बताए । शुरुवातमा जुम एप मार्फत सञ्चालन भएको कक्षा अहिले क्याम्पसले थप सुविधा सहित व्यवस्था गरेको गुगल मिट र गुगल क्लास मार्फत सञ्चालनमा ल्याइएको छ । प्रारम्भिक चरणमा एम ए राजनीतिशास्त्र पहिलो सेमेस्टरबाट शुरु गरिएको कक्षा सञ्चालन अहिले एम पि ए प्रथम सेमेस्टरका विद्यार्थी माझ पनि नियमित भएको छ ।

बन्दाबन्दीका कारण विद्यार्थीहरु हाल देशका विभिन्न ठाँउमा रहेका भएतापनि अनलाइन मार्फत प्रत्यक्ष अध्ययन कार्यमा जोडिने अवसर पाएका छन् । इन्टरनेट सुविधा, कम्प्युटर, मोबाइल, विजुली बत्ती एवम अन्य आवश्यक भौतिक उपकरण तथा सुविधाको उपलब्धता र तीनमा आम विद्यार्थीको पहुँच चुनौतिको विषय भएतापनि आफ्नो एम ए को कक्षामा भने कुल विद्यार्थी सख्याको ८७ प्रतिशत र विगतको नियमित कक्षामा उपस्थित हुने संख्याको शत प्रतिशत विद्यार्थी नै अनलाइन मार्फत अध्ययन अध्यापनमा जोडिएको तथ्याङक सहप्राध्यापक दाहाल औल्याए ।

क्याम्पसको कक्षा कोठामा हुने अध्यापन र अहिलेको प्रविधी मार्फत सञ्चालित अनलाइन कक्षामा खासै अन्तर नभएका राजनीतिशास्त्रका विद्यार्थी सन्त लामिछानेले बताए । यसले समयको बचत तथा प्रविधिको उपयोगिता समेत सार्थक सिद्ध गरेकोप्रति लामिछाले जोड दिए । त्यस्तै माछापुच्छ«े गाउँपालिका खोराकोमुखबाट सधै कक्षामा उपस्थित हुने दाजुभाइ राम लक्ष्मण अनलाइन कक्षामा पनि नियमित कक्षामा जस्तै एक अर्का बीच प्रतिक्रिया गरेर प्रिजेन्टेसन सहित सहभागी हुन पाउनु अत्यन्त फलदायी भएको बताउछन ।

अर्का विद्यार्थी डा.सुधिर पराजुली अनलाइन कक्षा अहिलेको परिस्थितिजन्य सबै भन्दा उत्तम विकल्प भए पनि प्रत्यक्ष कक्षाको पूर्ण आभास अनलाइनमा नमिल्ने तर्क गर्दछन । त्यसैगरी अन्य विद्यार्थी प्रेम रेग्मी, रमेश सापकोटा, भानु अधिकारी, अमिर गुरुङ लगायत यस्तो कक्षा ज्यादै उपयोगि भएको बताउछन ।विभिन्न सामाजिक, प्राविधिक कठिनाइका कारण शतप्रतिशत हाजिरी सुनिश्चित गर्न नसकिए तापनि अहिलेको विषम परिस्थितिमा अनलाइन कक्षा अध्ययन अध्यापनको अर्को विकल्प नभएको कुरा प्राध्यापक दाहालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width