बाजुरा, २५ वैशाख । जिल्लाको बूढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको हो ।
लकडाउनको मौका छोपेर व्यापारीले त्यस्तो चामल बिक्री गरेकै कारण सर्वसाधारण बिरामीसमेत परेपछि ल्याब परीक्षण गर्न लागिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए । नगरपालिकाले खरिद गरेका चालमको म्याद नै नाघेको र मार्करले नयाँ मिति लेखिएको अवस्थामा भेटिएको भनी चौतर्फी विरोध हुन थालेपछि चामलको गुणस्तर मापन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख शाहको भनाइ छ ।
चौतर्फी आलोचना र विरोधपछि जिल्ला प्रशासन कार्यालय बाजुराले समेत त्यसको वास्तविकता के हो भनेर गरपालिकालाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । प्रशासनको पत्रपछि नगरपालिकाले नगर उपप्रमुख तारा खातीको नेतृत्वमा छानबिन समिति बनाएको छ । क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको मिति हेर्दा सन् २०१७ फ्रेबुअरी रहेको छ । तर चामलको कट्टामा भने मार्करले सन् २०२० लेखिएको छ । चामल स्थानीय व्यापारी सुनिल बानियाँको पसलबाट खरिद गरिएको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७