विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली   

rss रासस
वैशाख २५, २०७७
IMG_20200506_104159

बलेवा, २५ वैशाख   अघिल्ला वर्षका वैशाख–जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपालि कामबिहीन भएका छन् ।

बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार लगनको महिनामा न त राम्रोसँग खान र सुत्न पाउँनुहुन्थ्यो । अझ वैशाख, जेठका लगन त झन् छोप्नै गाह्रो हुन्थ्यो । विवाहका लुगा सिलाउन आउनेदेखि नयाँ शैक्षिकसत्र शुरु भएसँगै विद्यालय पोशाकको चापले परियारलाई उठिखाऊँ कि बसीखाऊँको अवस्था हुन्थ्यो । उहाँसँगै काम गर्ने टेलरिङका मजदुरको अवस्था पनि उस्तै । काम चल्थ्यो र त कमाइ हुन्थ्यो । यो वर्षको शुरुकै लगनको महिना उनीहरुका लागि खेर गयो । विद्यालय बन्द रहेकाले शैक्षिकसत्र त केही ढिलो भए पनि शुरु होला तर वैशाख जेठमा हुने विवाह टरेकाले उनीहरुको आम्दानी लकडाउनले सक्यो ।

लकडाउनका कारण यो वर्षको वैशाखमा बागलुङमा बैदिक विवाह निकै कम भएका छन् । अत्यावश्यक मानिएका बाहेक रोक्न मिल्ने र लगन सारेर गर्न मिल्ने विवाह यो वैशाखमा भएनन् ।

“मङ्सिरमा पनि बिहे त होलान् तर अहिलेका बिहे खप्टिएर आउँदा के फाइदा होला र”, सुजन भन्नुहुन्छ, “वर्षभरि घरभाडा तिर्न पुग्ने कमाउने महिना हो तर आफैं सुतेर समय बिताएको छु ।” कोरोना भाइरस लक्षित लकडाउनको प्रत्यक्ष प्रभाव सिलाइ व्यवसायीमा परेको हो । हिजो काम गरेर ज्यालामा दैनिकी चलाएका मजदुरहरु आज सहकारीले दिएको ऋणकै भरमा गुजारा चलाएर बसेको परियार बताउनुहुन्छ । “श्रमिकको त बिचल्ली भएको छ, बजारमा महङ्गो घरभाडा तिरेर महङ्गो खाद्यान्न खाएर बसेका छन्”, परियार भन्नुहुन्छ, “अरु केही काम गरौँ भने पनि केही छैन ।”

मजदुरमात्रै होइन सञ्चित सम्पत्ति नभएका व्यवसायीलाई नै दैनिक कारोवार चलाउन कठिन भइरहेको अर्का व्यवसायी मीनकुमार दर्नाल बताउनुहुन्छ । “घरभाडा तिर्नैप¥यो, व्यवसाय गर्दा लिएको ऋणको व्याज बढ्दै छ”, दर्नालले भन्नुभयो, “मजदुर र साहु सबैको बिल्लीबाठ हुने भो ।” सिजनको काम धेरै चल्ने टेलरिङ व्यवसायले अरु महिनाभन्दा विद्यालय र विवाहका पोशाक बनाउने महिनामा धेरै आम्दानी गर्छन् ।

“यहाँ व्यवसाय गर्ने अधिकांश आफैँ पनि मजदुर हुन्, ऋणमा चलाएको व्यवसायमा अरु केही साथीहरु मिलेर काम हुन्थ्यो”, अर्का व्यवसायी धनबहादुर परियारले भन्नुभयो, “को मालिकको श्रमिक सबैलाई समस्या छ ।” बागलुङ बजारमा करिब ८० वटा सानाठूला टेलरिङ सेन्टर सञ्चालनमा छन् । व्यवसायिकरूपमा सञ्चालनमा आएकादेखि स्वरोजगारका लागि चलेका टेलरिङको क्षेत्रमा २५० भन्दा बढीले रोजगारी पाएका छन् ।

बजार बाहिरका पालिका मुकामका टेलरिङसमेत अहिले ठप्प छन् । उनीहरु के–कति स्वरोजगारीमा छन् भन्ने तथ्याङ्क छैन । ग्रामीण क्षेत्रमा छिटफुटरूपमा रहेको बालीघरे प्रथासमेत लकडाउनको कारण सङ्कटमा परेको छ । कल बोकेर घरघरमै सेवा दिने बालिघरे प्रथा कोरोना त्रासको कारण समस्या परेको व्यवसायी बताउँछन् । सिजन गुमाएको व्यवसायलाई सबै तहका सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ ।

Related News

सम्बन्धित समाचार

    • ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित…
    • बोर्डिङ पास देखाए बियर सित्तैमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । काठमाडौंदेखि पोखरा विमानबाट आउँदै हुनुहुन्छ भने बोर्डिङ पास नफाल्नु होला । त्यो बोडिङ पास देखाएर फेवाताल किनारमा रहेको…
    • सिद्धार्थको आयमूलक तालिम

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । सिद्धार्थ क्लब पोखराले महिलालाई आयमूलक तालिम सञ्चालन गरेको छ । तालिम पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम…
    • लेउवा संघले दियो सदस्य परिवारलाई राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट पोखरा २६ बूढीबजारका निवासी स्व. कमल अधिकारीको परिवारलाई राहत…
    • मुक्तिनाथको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २४, २०७७
      पोखरा । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४÷८५’ निस्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा…

    hero news full width

    sanil ads

    wordlink ads