प्रेस युनियनद्वारा पत्रकार नेपालीमाथि गरिएको दुव्र्यवहारको निन्दा

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७७
96120355_10213050152447703_4595574775761338368_n

पोखरा, २४ वैशाख । नेपाल प्रेस युनियन कास्कीले पोखराका युवा पत्रकार प्रेम नेपालीमाथि प्रहरीले गरेको दुव्र्यवहारको निन्दा गरेको छ ।

समाचार सम्प्रेषणका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको परिषरमा पत्रकार नेपालीमाथि दुव्र्यवहार गरिनु प्रेसमाथिको ठाडो हस्तक्षेप भएको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी पत्रकारलाई स्वतन्त्र र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न सक्ने वातावरण बनाउन माग गरिएको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको पूवसन्ध्यामा पत्रकार नेपालीमाथि गरिएको दुव्र्यवहारको घटनाले सरकार पत्रकारिता क्षेत्रप्रति अझै पनि निरंकुश बन्न खोजिरहेको प्रमाणित भएकाले त्यसप्रति आपत्ति जनाइएको छ त्यसैगरी प्रेस संगठन कास्की, दलित पत्रकार संघ कास्की, खेलकुद पत्रकार संघ कास्की लगायतले विज्ञप्ति मार्फत दुव्र्यवहारको निन्दा गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width