बर्लिन, २४ वैशाख । कोरोनाभाइरसका कारण अस्तव्यस्त बनेको जनजीवनलाई सामान्य तुल्याउन जर्मनीमा यो महिनाभर विभिन्न कार्यहरु अघि बढाइने भएको छ । केही हप्तासम्म लकडाउन भएसँगै देशभरका व्यवसाय र विद्यालयहरु बन्द रहेका छन् ।
सरकारले यसै महिनाभित्र पसल र विद्यालय खोल्ने कार्ययोजना तयार पारेको छ । गत अप्रिल २० बाट गरिएको आंशिक लकडाउन निकै प्रभावकारी भएको र नयाँ संक्रमणका घटनाहरु निरन्तर घट्दै गएको भन्दै सरकारले तयार पारेको एक प्रतिवेदनमा अब देशका व्यवसाय र विद्यालयहरु खोल्ने रणनीति बनाइने उल्लेख छ ।
परीक्षाको तयारीमा रहेका बालबालिकाका लागि विद्यालयहरु हाल संचालनमा आइसकेका छन् । तर शिशु कक्षा र प्राथमिक विद्यालयहरु अर्को हप्ताबाट खुल्नेछन् । जर्मन चान्सलर एन्जेला मर्केल र जर्मनीका १६ वटा संघीय राज्यका प्रमुखहरुले बुधबार विद्यालय र व्यवसाय खोल्ने सम्बन्धी एक दस्तावेजमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ ।
विश्वविद्यालयहरु खोल्ने विषयमा भने सम्बन्धित राज्यले निर्णय गर्नेछन् । सबैजसो राजनीतिज्ञहरुले सबैजसो पसल व्यवसाय खोल्न सकिने तर सरसफाइ, प्रवेश र सामाजिक दूरीजस्ता विषयलाई प्रमुख रुपमा ध्यान दिन आग्रह गरेका छन् । हालसम्म पसलको जमिनको सतह ८०० वर्गमिटर (८ हजार ६०० वर्गफिट) सम्म रहेका पसलहरु मात्र खोल्न अनुमति दिइएको छ ।
रेष्टुराँहरु आगामी मे ९ बाट खोल्न सकिने तर त्यसको निर्णय गर्ने अधिकार राज्यहरुलाई दिइएको छ । यदि सात दिनभित्र प्रति एक लाख जनसंख्यामा ५० जनाभन्दा बढी नयाँ संक्रमित व्यक्ति भेटिए सम्बन्धित नगर वा जिल्लामा लकडाउन गरिने छ ।
Related News
सम्बन्धित समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
समता काव्य सन्ध्याको ३३५ औं शृंखला
एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिनुपर्छ : डा. संग्रौला
फूलबारी क्लबको साधारणसभा
hero news full width
मुख्य समाचार
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८