स्याङजाका पत्रकारलाई ज्याकेट र सेनिटाइजर

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७७
jacket

स्याङ्जा । रास्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर बुधवार खुमा अर्याल फाउण्डेशनले स्याङजाका पत्रकारलाई ज्याकेट सहित ह्याण्ड सेनिटाइजर प्रदान गरेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका समयमा पनि आफुलाई निरन्तर क्रियाशील रहीरहने स्याङ्जाका क्रियाशील पत्रकारका लागि भन्दै २५ वटा ज्याकेट सहित ह्याण्ड सेनिटाइजर उपलब्ध गराएको हो ।

फाउण्डेशनका सदस्य एवं खिलुङकालिका एग्रो फार्मका निर्देशक शोभाकान्त ढकालले पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मालाई एकमुष्ट हस्तान्तरण गरेका हुन ।
सामाग्री ग्रहण गर्दे अध्यक्ष शर्माले समाचार संकलनका क्रममा ज्याकेटले पत्रकारको परिचय खुलाउनुका साथै सेनिटाइजरले सुरक्षित बनाउने बताउदै फाउण्डेशनलाई धन्यवाद दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width