पाकिस्तानमा कोरोनाबाट एकैदिन ४० को मृत्यु

एजेन्सी
वैशाख २४, २०७७
1200px-Minar-e-Pakistan

काठमाडौं, २४ वैशाख । पाकिस्तानमा कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा ४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यससँगै पाकिस्तानमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २२६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । यससँगै पाकिस्तानमा समग्र संक्रमित हुनेको संख्या पनि २२ हजार वढी पुगेको छ । अघिल्लो दिन पाकिस्तानमा एक हजार ३१५ नयाँ संक्रमित थपिएका थिए ।

यसअघि गत सोमबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुलुकको अर्थतन्त्रमा सुधार गर्न भन्दै लकडाउन केही खुकुलो बनाउने घोषणा गरेका थिए । पाकिस्तानमा मे ९ सम्म लकडाउन घोषणा गरिएको छ ।अहिलेसम्म पाकिस्तानमा ५ हजार २१७ जना मानिसहरु निको भएर घर फर्किसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width