लकडाउन यथावत राख्ने संकेत

प्रकाश ढकाल
वैशाख २३, २०७७
20200325_144649

फाेटाेः रूपनारायण ढकाल

पोखरा, बैशाख २३ । गएको चैत ११ गतेदेखि नेपाल पूर्ण रुपमा लक छ । शैक्षिक संस्था चलेका छैनन् । बजार ठप्प छ । गाडीहरु सडकमा निस्किएका छैनन् । मान्छे घरभित्रै थुनिएका छन् । अधिकांश सरकारी कार्यालय समेत खुलेका छैनन् । जसका कारण अहिले मान्छेहरुको दैनिकी निकै कष्टकर बन्न थालिसकेको छ । कोरोना भाइरस संक्रम रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि भन्दै सरकारले जारी राखेको लकडाउनको मोडल अव भने केही हेरफेर गर्ने तयारी छ।

यद्यपी नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउनको नयाँ शैलि अपनाउने बेला भैनसकेको जनाएको छ। यसले गर्दा यही स्थितिमा लकडाउन थपिने संकेत छ । जनजीवन केही सहज बनाउने गरी लकडाउन खुकुलो बनाउनुपर्ने माग चौतर्फी रुपमा आएको छ । तर तर संक्रमितको संख्या बढ्दै गएको क्षेत्रमा भने थप कडाई गर्न पनि भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बालुवाटारमा बसेको नोवल कोरोना (कोभीड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक । तस्वीरः सौजन्य, प्रम सचिवालय, रासस

क्षेत्रगत रुपमा खुकुलो पार्ने विषयमा छलफल हुँदा बैठकभित्रै प्रश्न उठाईएको श्रोतले बतायो । भारतसँग सीमा जोडिएका केही जिल्लाहरुमा पछिल्लो समय संक्रमित झन् बढ्दै गएका छन् । सरकारले संक्रमितको अवस्था हेरेर सोमबार सबै जिल्लाको स्तर तोकेको थियो । रेड, एल्लो र ग्रीन गरी ३ क्षेत्रमा जिल्लाको बर्गीकरण गरिएको छ । रेड जोनमा पूरै कडाई गरिने छ भने एल्लो जोनमा केही खुकुलो र ग्रीन जोनमा अझै बढी खुकुलो बनाउने सम्भावना देखिएको छ । तर सरोकारवालाहरुले अहिले नै धेरै खुकुलो बनाउन नहुने सुझाव पनि दिएका छन् ।

यसबारे निर्णय गर्न बुधबार विहान ११ बजे मन्त्रीपरिषद बैठक बोलाईएको छ । जारी लकडाउन बैशाख २५ गते सकिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width