Worldlink ads

जंगली च्याउले आमा छोरीको ज्यान लियो

विक्रम खड्का
वैशाख २३, २०७७
death1

बुटवल । जनचेतनाको कमीका कारण अझै पनि जंगली विषालु च्याउ खाएर ज्यान जानेक्रम रोकिएको छैन । यस्तै खालको जंगली च्याउ खाँदा अर्घाखाचीमा दुई दिनको अन्तरमा दुईजनाको ज्यान गएको छ। उनिहरु आमा छोरी हुन्।

जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ।

जंगली च्याउ पकाएर खाएका परिवारका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको आईतवार मृत्यु भएको थियो । उनको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको हो । त्यस्तै च्याउ सेवनपछि गंभिर अवस्थामा उपचार गरिरहेकी उनकै छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा सोमबार राती मृत्यु भएको मृतकका मामा हुम बहादुर रायमाझीले बताए । उनि ७ बर्षकी थिईन्।

त्यसरी संगै च्याउ खाएका सासु लालसरी महत्रा र देउरानी लक्ष्मी महत्रा बिरामी छन् । दुवै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका अघांखाचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए।

च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधी खरिद गरी सेवन गरेका थिए। समस्या झन् बढेपछि मात्र उनीहरुलाई अर्घाखाँची अस्पताल पुर्याइएको हो । समस्या जटिल देखिएपछी बुटवल रिफर गरिएकोमा दुई जनाको मृत्यु भएको छ भने दुई जनाको उपचार भईरहेको प्रहरीले बताएको छ।

Related News

सम्बन्धित समाचार

    • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      रासस भाद्र २८, २०७८
      चितवन । नारायणगढको लायन्सचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१…
    • कोरोनाविरुद्धको खोप बोकेका स्वास्थ्यकर्मीको लडेर मृत्यु

      आदर्श समाज संवाददाता भाद्र १८, २०७८
      जुम्ला । कोरोनाविरुद्धको खोप बोकेका एक स्वास्थ्यकर्मीको लडेर मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–८ आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्र्मी…
    • बस दुर्घटनामा ११ घाइते

      रासस श्रावण १८, २०७८
      गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको…
    • बस पल्टिँदा १ को मृत्यु, १ दर्जन यात्रु घाइते

      रासस श्रावण ६, २०७८
      लहान । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…
    • बाटो भत्किएर कारागारमा क्षति

      आदर्श समाज सम्वाददाता असार २८, २०७८
      स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित ठाडोलाइन–पुतलीखेत जोड्ने बाटो भत्किएर कागारार परिसरमा ढुंगा माटो कारागारतर्फ झरेको छ ।…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads