लकडाउनले एउटै पासो !

विक्रम खड्का
वैशाख २३, २०७७
susite jodi

बुटवल १९ मोतिपुरको जंगलमा २३ बैशाखमा एक जोड एउटै डोरीमा झुण्डिर मृत अवस्थामा भेटिए । फिल्मी शैलीमा उनिहरुको शव झुण्डिएको देखिएपछि स्थानिय पनि अचम्मित बने।

विहान १० नबज्दै स्थानियले देखिपछि प्रहरीलाई खवर गरेका थिए। लोकगायक खुमन अधिकारी र गायिका विष्णु माझीले गितमा भनेको एउटै डोरी पासो लगाम भो भन्ने सुनेका स्थानीय दृश्य देखेपछि आश्चार्य चकित भए।

हुन पनि गितमा भने झै त्यसरी एउटै डोरी मा पासो लगाउने ति जोडी मायाप्रितीमा रहेको खुलेको छ। उनिहरुले आफुहरुको प्रेम सम्बन्धलाई अगाडी लैजान नसक्ने ठानेपछि त्यहि गितमा भनिए जसरी आत्महत्याको बाटो रोजेको अनुसन्धनमा रहेको बुटवल प्रहरीले जनाएको छ।

त्यसरी एउटै डोरीमा पासो लगाएर ज्यान गुमाउनेहरुमा गुल्मी जिल्लाको मदाने गाउँपालि घर भै हाल बुटवलको मोतिपुरमा वस्ने (२४) की गीता खडका क्षेत्री हुन् भने उनका प्रेमी उदयपुरका हिरा श्रेष्ठ (३०) हुन्। गिताका श्रीमान् रोजगारीको सिलसिलामा विदेश रहेका थिए। तर उनि लकडाउन शुरु हुनै लाग्दा नेपाल आएका छन् । तर क्वारेन्टाईनमा बस्नु पर्ने भएकाले उनि काठमाडौंमा रोकिएका छन्।

रुपन्देहीको एक उद्योगमा काम गर्ने श्रेष्ठले गीतालाई प्रेम गर्ने गरेका थिए । तर अव उनका श्रीमान घरमा आउने भएपछि गिताकी दिदिले अवसँगै नबस्न भन्दै अलग अलग भएर बस्न भनेको स्थानिय माया थापाले बताईन । दिदिको आग्रह पछि उनिहरु दुई जनाले अलग बन्ने भन्दै छुटिएको भोली पल्टै यस्तो घटना भएको हो।

स्थानिय मायाका अनुसार उनिहरु लकडाउन नभएको भए भागेर अन्यत्र जाने पनि थिए तर अहिलेको अवस्थामा कतै पनि जान सक्ने अवस्था नभएपछि मृत्युको वाटो रोजेको हुन सक्ने अनुमान छ। श्रेष्ठको पनि घरपरिवार रहेको बताईएको छ। आत्महत्या गरेका दुवै जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width