कोरोना भाईरसको अफवाहले समान्य व्यक्ति पनि आक्रान्त बनिरहेको वेला संक्रमित कै मनमा के वितिरहेको होला हामीले कल्पना मात्र गर्न सक्दछौं ।
कोरोनालाई जितेर फर्किएकाहरुले पनि भन्ने गरेका छन् कि उनिहरुलाई मन भित्रको त्रासले नै गलाउन खोज्ने गर्दछ । त्यसैले उनिहरुको सुझाव छ सक्रमण भैहालेमा आत्ममल बलियो बनाउने ।
नेपालमा सक्रमित व्यक्ति एक हिसावले समाजिक वहिस्कारको नजरले हेरिएको छ । उससंगै कोही हुदैन । यस्तो अवस्थामा उनिहरुले मन भुलाउने माध्यम संगीत बनेको छ।
रुपन्देहीको बुटवलमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा एक जना सक्रमित रहेका छन् । जिल्लाको कोटहिमाई गाउपालिकाका २६ वर्षिय लक्का जवान ठुलो टहरो भित्र रहेको अस्पतालमा दिन विताउन संगितको साहरा लिएका छन् । कोरानो भाईरसको कुनै पनि लक्ष्यण नभएका र स्वास्थ्य अवस्था पनि समान्य रहेकोले उनले अस्पतालमा लगाईने संगितलाई साथी बनाएर दिन कटाईरहेका छन्।
५ दिन देखि अस्पतालमा रहेका उनलाई दिन विताउन सहजता होस भनेर अस्पतालका कर्मचारीहरुले वेला वेलामा गित बजाउने गर्दछन् । अरु कोही पनि विरामी नभएकाले कसैलाई डिस्टव पनि नहुने र उनि वोल्नका लागि कोही साथी नभएपछि संगित नै उनको साथी बनेको छ । त्यसमाथी किसीम किसीमका गित संगितमा उनि खुलेर नाच्ने गरेका छन् । निकै खुलेर नाच्ने ति युवाको नृत्य मन पराउने कर्मचारीहरुले भिडियो पनि खिच्ने गरेका छन्।
अस्पतालका फोकल प्रर्शन डा शुर्दसन थापाले उनको रेखदेखका लागि पनि कोही त्यहां नपुग्ने भएकाले उनलाई एकल महसुस नहोस् भनेर गित संगित बजाईदिने गरेको बताए। ‘जो नाच्छ, ऊ धेरै बाँच्छ !’ भलै यो एउटा नेपाली उखान हो । तर, नाच्दा स्वास्थ्यका लागि धेरै फाइदा हुने कुरा विज्ञानले पनि पुष्टि गरेका छन। सामान्यतया नृत्य मनोरञ्जनका लागि गरिने एक कला हो।
कला र मनोरञ्नका लागि नभएर नाच्नु स्वास्थ्यका दृष्टिकोणले समेत लाभदायी मानिन्छ । नियमित नृत्यले शारीरिक फिटनेस, मुड फ्रेस, तनाव व्यवस्थापन, स्फूर्ति र आत्मविश्वास बढाउने जानकारहरुले बताउने गरेका छन् । उनले भनेका नेपाली र हिन्दी गितहरुको वेला वेलामा बजाएर उनलाई तनाव हुन नदिने प्रयास स्वास्थ्यकर्मीहरुले गरिरहेको थापाले बताए । कोरोनाका औषधी पनि नभएको र उनलाई कुनै समस्याहरु पनि नदेखिएकाले उनको अहिलेको औषधी नै गित संगित भएको डा थापाको भनाई रहेको छ । उनि केहि दिन अघि लुकिछिपी भारतवाट नेपाल आएका हुन् । उनको घर परिवारको परिक्षण रिर्पोट नेगेटिभ आएको छ।
सो अस्पतालमा सक्रमित विरामी उनि मात्र रहेका छन् । अशंका गरिएका केहि विरामीहरु भएपनि उनिहरुको परिक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । यो अस्पताल बुटवलको प्रादेशिक अस्पताल , बुटवल उपमहानगरपालिका र प्रदेश सरकारको आर्थिक र प्राविधिक सहयोगमा संचालन मा रहेको छ।
Related News
सम्बन्धित समाचार
सडक कालोपत्रेको माग गर्दै मंगलाघाटवासी आन्दोलित
पूर्वमन्त्री दुर्गा श्रेष्ठलाई मातृशोक
पत्रकार महासंघ गण्डकीको पदस्थापन
पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
बाढी प्रभावलाई दीर्घकालीनरुपमा व्यवस्थापन गर्ने प्रयास
hero news full width
मुख्य समाचार
गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८