पोखरा, बैशाख २३ । पोखरा महानगरपालिकाले ‘अब राहत हैन् काम दिने’ घोषणा गरे सँगै पोखराको खपौदीमा रहेका जलारी समुदायले काम पाएका छन् ।
वडा नं १८ को समन्वयमा पोखरा महानगरले जलारी समुदायलाई फेवातालमा रहेको जलकुम्भी झार फाल्ने काम दिएको छ । झार फालेबापत उनीहरुले दैनिकी ज्याला समेत पाउनेछन्।
विश्वभर फैलिएको कोरोना रोकथामका लागि सरकारले गरेका लकडाउनले सबै नागरिकहरु घरभित्र बस्न बाध्य थिए । जसको प्रत्यक्ष असर दैनिक ज्यालादारी गर्ने परिवारलाई परेको छ । यहि समस्याको समाधान गर्न महानगरले आइतबारदेखि जलकुम्भी झार फाल्ने अभियान सुरु गरेको हो।
लकडाउनका कारण घर–खर्च टार्न मुस्किल परेको समयमा पोखरा महानगरपालिले गरेको यो अभियानले जलारी परिवार निकै उत्साहित भएको हर्पन मत्य सहकारी सँघको सल्लाकार ज्ञान बहादुर जलारीले बताए । ‘महानगरको यो अभियान हाम्रो लागि निकै ठुलो राहत भएको छ, उनी भन्छन्, ‘हामीलाई सरकारले दिएको राहत भन्दा यसरी काम गरेर पाएको पारिश्रमिकबाट दिनचर्या गर्न निकै सहज भएको छ।’
उक्त अभियानले जलकुम्भी झारको नियन्त्रण सँगसँगै माछाहरुको पनि संरक्षण हुने भएकाले जलारीहरु खुसी छन् । अहिले उक्त झार फाल्ने अभियानबाट ६० जना जलारी परिवाले काम पाएका छन्।
बिहान १० बजेदेखि २ बजेसम्म दैनिक चार घण्टा कामगरे बापत उनीहरुले जनही ३ सय ५० को दरले पारिश्रमिक पाउने सल्लाकार ज्ञान जलारीले जानकारी दिए ।
उनका अनुसार उक्त अभियानमा एक घरबाट एक जना मात्र आउन समावेश गरिएको छ । जलारी समुदायले मात्र काम गर्ने उक्त अभियानमा लकडाउनका कारण समस्यामा परेका कामविहिन केहि भाइबहिनीहरु पनि काममा सहभागी भएका उनले बताए।
यस्तै चार जना परिवार भएकी गिता जलारी पनि अहिले जलकुम्भी झार फाल्ने काम गर्छिन् । उनी भन्छिन्, ‘माछा मार्न निकै दुःख दिने हुनाले पहिला पनि हामीले बर्षाको समयमा झार फाल्ने गथ्र्याै । तर अहिले महानगरले झार फालेबापत पैसा दिने व्यवस्था गरिदिएको छ । जसले गर्दा निकै ठुलो समस्या टरेको छ।’
होटल लेन्डमार्कमा कुक काम गर्दै आएका रत्न राई महानगरले दिएको कामप्रति निकै खुसी भएको खपौदीमा बस्ने रत्न राई बताउँछन् । ‘लकडाउनपछि काम पनि छुट्यो, जसकारण निकै गाह्रो भएको थियो, उनी भन्छन्, ‘हामीलाई सरकारले दिएको राहत भन्दा काम नै ठिक छ।’
‘१० किलो चामल, दाल, तेल राहत दिनुभन्दा हामीले यसरी काम गरेर खान नै ठिक लागेको छ । महानगरले हामीलाई चार घण्टा काम गरेबापत ३ सय ५० रुपैया दिदैँ आएको । जसले समयको सदुपयोग सगसँगै कसरत पनि भएको छ,’ उनले भने।
Related News
सम्बन्धित समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
‘घर जलेर खरानी भो’
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८