कोरोनाले परम्परागत ढंगबाट चलेका संचार माध्यम र पत्रकारलाई चुनौती

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
fnj

पोखरा २३, वैशाख । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले कोरोना भाइरसको कारण नेपालको परम्परागत ढंगबाट चलेका संचार माध्यम र पत्रकारलाई थप चुनौति आएको बताए । नेपाल पत्रकार महासंघ कास्कीले सोमबार आयोजना गरेको डिजिटल इन्ट्याक कार्यक्रम (जुम मिटिङ) मार्फत कुराकानी गर्दै पत्रकार गाउँलेले अहिलेको अबस्थामा परम्परागत ढंगबाट संचालन भएका संचार माध्यम र पत्रकारलाई ठुलो चुनौति आएको बताएका हुन्।

उनले भने “ हिजोको हाम्रा संचार माध्यहरु पनि घिटीघिटी चलेको अबस्था हो, हाल प्रिन्ट मिडियालाई कोरोनाको निकै ठुलो प्रभाव परेको छ, यसमा रेडियोलाई समेत असर परेको छ भने कान्छो मिडियाको रुपमा आएको अनलाईन मिडियालाई पनि यसले धेरै असर पार्न सक्छ । ” देशको धेरै क्षेत्रमा कोरोनाको प्रभाव पर्दा विज्ञापनहरु स्वतहः घट्न जादा मिडियालाई बचाउन र मिडियामा आवद्ध पत्रकारको पेशालाई जोगाउन हाल ठूलो चुनौति देखा पर्ने भएको उनले अनुमान गरेका छन्। महङ्गो मिडियाको रुपमा रहेको टिभी पत्रकारिता पनि उस्तै जोखिममा रहेको उनको भनाई थियो।

उनले भने “मानव जातिमा हाल पहिरो गइरहेकोले अबस्था छ, यो अबस्थामा अहिले के कस्ता प्रभाव पर्ला भनेर ठ्याक्कै भन्नु भन्दा अझै कोरोनाको प्रभाव कहिलेसम्म रहन्छ त्यसको आधारमा हामीले आकलन गर्न सक्छौं । ” देशमा करिब १२ हजार पत्रकारहरु रहेको जनाएका गाउँलेले करिब ७ हजार पत्रकार पूर्णकालिन रहेको बताए । कोरोना भाइरसको जोखिमको अग्र भागमा रहेर काम गर्ने पत्रकारलाई पहिला आफु जोगिएर मात्र पत्रकारिता गर्न आग्रह गरेका पुर्व अध्यक्ष गाउँलेले आधिकारिक श्रोतबाट सत्य र तथ्य समाचार मात्र दिन समेत सुझाव दिएकाछन्। स्वास्थ्य र शिक्षा राज्यको हातमा हुनुपर्ने उनको जोड थियो । महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले देशको विसम परिस्थितिमा पत्रकारिता पेशामा थप चुनौति आएकोेले त्यसलाई न्यूनीकरण गर्न के गर्न सकिन्छ सरोकार वालासंग छलफल र अन्तरकृया गर्दै जाने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width