Worldlink ads

दाउन्नेमा ट्रकमा आगलागी

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
aago

सांकेतिक तस्विर ।

नवलपरासी, २३ बैशाख । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको उकालोमा ग १ ख ५९०० नम्बरको ट्रकमा एक्कासी आगलागी भएको छ ।

आगलागीबाट ट्रकको अगाडिको भाग र इन्जिन पूर्ण रुपमा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । मंगलबार विहान आगलागी भएको हो । आगो लागेको खबर पाउँना साथ दुम्कीबास प्रहरी, स्थानीय नागरिक र दमकलको सहयोगमा आगो विहान सवा ९ बजेतिर नियन्त्रणमा लिएको थियो ।आगलागीको कारण नखुलेको र घटनाको अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads