पोखरा, २३ वैशाख । सुनचाँदी व्यवसायी संघ कास्कीले जिल्लामा रहेका कालीगढलाई राहत सामग्री वितरण गरेको छ । चुलोबाल्नै समस्या भएका मध्य नेपाली र बंगाली गरी ४ सय ३० कालीगढलाई आइतबार राहत सामग्री बाँडिएको हो ।
संघका निवर्तमान अध्यक्ष एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चन्द्रकिशोर गौतमको संयोजकत्वमा राहत वितरण गरिएको थियो । राहतमा चामल, दाल, तेल, नून, सोयाबिन, केराउ लागायत सामग्रीरहेको बताइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी व्यवसायी संघ कास्कीको राहत कोष र सदस्यहरुको सहयोगमा उक्त राहत वितरण गरिएको संयोजक गौतमले बताए ।
उनले ३ दिनसम्म निरन्तर रुपमा कालीगढलाई राहत बाँडेको उल्लेख गरे । ‘विश्वमा कोरोना भाइरसले मानव समुदायलाई नै ठूलो जोखिम परेको छ,’ उनले भने, ‘विगत २ महिनायता देश लकडाउनमा रहेको अवस्थामा निम्न आय भएका कामदारको घरमा खाद्यान्न अभाव भएको छ । यो राहतले केहीमात्रामा भएपनि सहयोग पुग्छ ।’ मानवीयतालाई नै ठूलो सम्झेर धेरै सदस्यले आर्थिक सहयोग गरेको र वितरण व्यवस्थापनमा खटिएको उनले जनाए ।
राहत वितरण कार्यक्रममा सुनचाँदी व्यवसायी संघका अध्यक्ष एवं पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीले भूकम्प होस् या कोरोना भाइरस, जुनसुकै राष्ट्रिय विपत्तिमा पनि निरन्तर सहयाग गर्ने बताए । स्वर्णकार कल्याण समितिका अध्यक्ष भुवन लोहनीले आपत पर्दा संघले राहत वितरण गरेर कालीगढको समस्यामा मल्हमपट्टी लगाएको भन्दै आभार प्रकट गरे । सुनचाँदी व्यवसायी महासंघका पदाधिकारी सदस्य दुर्गाबहादुर सुनारले विभिन्न जिल्लामा राहत बाँड्न महासंघलाई सुझाव दिए । उनले त्यसमा ४० प्रतिशत महासंघले खर्च व्यहोर्ने बताए ।
राहत वितरणको चरणमा ४११,०५०।– रुपैयाको ४३० जना कालीगढलाई ४ लाख ११ हजार ५० रुपैयाँ बराबरको खाद्य सामग्री राहतस्वरुप वितरण गरिएको संघका कार्यवहाक महासचिव तारा गौतमले जानकारी दिए । पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वडा सदस्य गौतम बिजुक्छे लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१