सातै प्रदेशका सभापतिहरुसंग भिडियो कन्फरेन्स

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
X98A0323

वैशाख २३ वैशाख । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले सातवटै प्रदेशका अर्थ समितिका सभापतिसंग भिडियो कन्फरेन्स गरेको छ ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको भिडयो कन्फरेन्समा सातै प्रदेशका सभापतिको सहभागिता रहेको थियो । सातै प्रदेशका सभापतिले कोरोना रोकथाम र नियन्त्रणको लागि ७७ वटै जिल्लामा कोरोना भाइरस (कोभिड१९)को स्वाब परीक्षणको ब्यवस्था मिलाउन संघीय सरकारलाई सुझाब दिने निणय गरेको छ ।

अब लकडाउनको तरिका परिवतन गरर्नुपर्ने निष्र्कष निकालेका छन् । बजेट निर्माणमा समितिको भूमिका बढाउनुपर्ने , प्रि–बजेट छलफललाई प्रभावकारी बनाउनु पर्ने बारे सभापतिहरुले छलफल गरे । प्रदेशको आफ्नो स्रोत बढाउनको लागि राजश्व संकलनको दायार बढाउन प्रदेश सरकारलाई सहयोग गर्नेपनि समितिले निर्णय गरेको छ ।

समितिले सावर्जनिक खरिद ऐन परिमार्जन गर्नका लागि सरकारलाई सुझाब समेत दिएको छ । सरकारले बजेट निर्माण गर्दा नै स्पष्ट शीर्षक खुलाएर ल्याउनु पर्ने ,आगामी बजेटमा जन स्वास्थ्य, कृषि ,उद्योग तर्फ केन्द्रित गारउन समितिले पहल गर्ने निर्णय गरेको छ ।सभापतिहरुले खाद्यन अभाव हुन नदिन कामको लागि खाद्यान्न कार्यक्रम सरकारले ल्याउनु पर्ने, विकास निर्माणको लागि खाद्यान्न जस्ता कार्यक्रम ल्याउन आबश्यक रहेको बारे छलफल गरे ।

बजेट वितरणमुखी नभएर परिणाम मुखि बनाउन समितिले जोड दिने निर्णयपनि गरेको छ ।भिडियो कन्फरेन्समा बोल्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समय अनुकुल लकडाउन परिवतन गनुपर्ने बताए । मुख्यकुरा सुरक्षाको भएको भन्दै कोइरालाले अहिलेनैै सम्पन्न नगर्दा ठुलो क्षतिहुने विकासका योजनाहरु सुरक्षा विधि अपनाएर सुचारु गर्नुपर्ने बताए ।

भिडियो कन्फरेन्समा समितिका सभापतिहरु प्रदेशनं १ बाट मोहन खड्का,प्रदेश २बाट मनिष सुमन,बाग्ममती प्रदेशबाट सुरेश नेपाल, गण्डकी प्रदेशबाट दीपक कोइराला ,प्रदेश नं ५बाट दधिराम न्यौपाने,कर्णाली प्रदेशबाट अमरबहादुर थापा र सुदूरपश्चिम प्रदेशबाट हर्कबहादुर कुवंर र सचिवालयका कर्मचारीको सहभागिता रहेको छलफलमा समितिको संगठानात्म स्वरुप,प्रमुख उपलब्धि लगायतको बारेमा समेत छलफल भएको समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै