लायन्स क्लब अफ धौलागिरिमा जयराम भारी

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
1200px-Lions_Clubs_International_logo.svg

बागलुङ, २३ वैशाख । हामी सेवा गर्छाैं भन्ने उदेश्यले गठित अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धौलागिरी बागलुङको लायन बर्ष २०२०/२१ का लागि अध्यक्षमा जयराम भारी चयन भएका छन् ।

धौलागिरि अन्चलकै सबैभन्दा पुरानो लायन्स क्लबमा लायन बर्ष २०२०/२०२१ को लागि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजन कुमार शाक्यले बताए । क्लबको प्रथम उपाध्यक्ष लायन ताल बहादुर कुँवर द्वितीय उपाध्यक्ष लायन मुकेशचन्द्र राजभण्डारी तृतीय उपाध्यक्ष लायन गणेश महतो सचिव लायन राजेश भारी कोषाध्यक्ष लायन शिव शंकर शाह सह–कोषाध्यक्षमा लायन केशब सुवेदीलाई बैठकले चयन गरेको अध्यक्ष शाक्यले बताए ।

कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरी देशमा लकडाउन भएको कारणले लायन्स क्लबको नयाँ नेतृत्व चयन निर्वाचन प्रक्रिया समेत प्रभावित बनेको कारणले ढिलो हुन पुगेको क्लबले जनाएको छ । बागलुङ जिल्लामा सामाजिक सेवाको क्षेत्रमा काम गर्नका लागि अहिले ८ वटा लायन्स क्लब क्रियाशील छन् ।

Related News

सम्बन्धित समाचार

    • लायन्स भद्रकालीमा शर्मा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकालीको अध्यक्ष कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । लायन वर्ष २०२१÷२२ का लागि प्रथम…
    • लायन्स ३२५ बी १ काे अधिवेशन : गभर्नरमा विशेश्वर

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १४, २०७७
      पोखरा। लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखरामा सम्पन्न नवौं कन्भेन्सनबाट डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य निर्वाचित भएका छन्…
    • चैत १४ गते पोखरामा लायन्सकाे कुम्भमेला

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ८, २०७७
      पोखरा । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चैत…
    • गण्डकी र धौलागिरी क्षेत्रमा लायन्सको फेलोसिप

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १, २०७७
      पोखरा। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर उम्मेदवार विश्वेश्वर आचार्यले आफ्नोे नेतृत्वमा लायन वर्षमा गरिने कार्ययोजना प्रस्तुत गरेका…
    • हरिप्रसाद स्कुलमा लायन्सको खानेपानी आयोजना

      Avatar आदर्श समाज सम्वाददाता माघ १३, २०७७
      पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण र लायन्स क्लब दर्पणले कास्कीको माछापुच्छ्रे ८, खोराको मुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा खानेपानी…

    hero news full width

    sanil ads

    wordlink ads