सीमामा हुलहुज्जत गर्ने भारतीयलाई धपाउन हवाई फायर   

rss रासस
वैशाख २३, २०७७
air-fire

भद्रपुर, २३ वैशाख । बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् ।

झापा गाउँपालिका–४ स्थित दक्षिणी सीमान्त गाउँमा सोमबार अपराह्न ४ः३० बजेतिर १५० भन्दा बढीको सङ्ख्यामा घरेलु हतियारसहित नेपाली सुरक्षा चौकीमा आएका भारतीय नागरिकलाई धपाउन अस्थायी सीमा सुरक्षा चौकीमा तैनाथ नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेको गाउँपालिकाका अध्यक्ष जयकुमार साहले बताउनुभयो ।

उहाँका अनुसार दिउँसो दुई भारतीय नागरिक नेपाल पस्न खोज्दा सुरक्षाकर्मीले सम्झाइबुझाई फिर्ता पठाएका थिए । केहीबेरपछि सयौँको सङ्ख्यामा भारतीय घरेलु हतियारसहित नेपालतिर पस्न खोजेका थिए । हवाई फायरपश्चात भारतीयहरु तितरवितर भएर आफ्नै मुलुकतिर फर्किएको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कोभिड–१९ को सङ्क्रमण रोक्न सीमा क्षेत्रमा आवतजावत पूर्णरुपमा बन्द गराइएको जनाउँदै अटेर गरी हुलहुज्जत गर्नेलाई रोक्न हवाई फायर भएको बताउनुभयो । घटनापछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रानाले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

    • नक्कली सुन देखाएर लुटपाट गर्ने पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३१, २०७७
      दमौली।  नक्कली सुन देखाएर ठगी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । आइतबार सदरमुकाम दमौली बजारको…
    • मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २९, २०७७
      पोखरा । गत माघ २३ गते पोखरा १७ महतगौंडामा मनोज विकमाथि गोली प्रहार भएको पुष्टि भएको छ । त्यो समयमा…
    • फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

      rss रासस चैत्र २८, २०७७
      कञ्चनपुर । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ ।…
    • बलात्कारीलाई ७ वर्ष कैद फैसला

      rss रासस चैत्र २६, २०७७
      गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको…
    • प्रहरी र तस्करबीच गोली हानाहान

      rss रासस चैत्र २४, २०७७
      सुदूरपश्चिम । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको…

    hero news full width

    sanil ads

    wordlink ads