आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
Arthur-Gunn-on-American-Idol

दिवेश पोखरेल ‘अर्थर गन’ अमेरिकी आइडलको टप टेनमा पर्न सफल भएका छन्। दिवेश पोखरेलले आफनो फेसबुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त गर्दै सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिएका छन्।

अमेरिकी आइडलले आइतबार रातीको कार्यक्रममा शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरेको हो । दश जना प्रतियोगी  दर्शकको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगी निर्णायक मण्डलले छानेका हुन्। दिवेशले ३ कराेड ६० लाख भन्दा बढी भाेट प्राप्त गरेकाे जनाइएकाे छ।

पोखरेलले आइतबार जोन डेनभरको चर्चित गीत कन्ट्री रोड गाएका थिए। आइडलले अर्को हप्ता भाेटिङकाे आधारमा  टप ७ छनोट गर्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width