लेखनाथ । गण्डकी क्रसर उद्योग व्यवसायी संघले गण्डकी प्रदेश कोरोना राहत कोषमा पाँच लाख रुपैया सहयोग गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई संघका पदाधिकारीहरुले सोमबार पाँच लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।
संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीको नेतृत्वमा सचिव छत्रधर आत्रेय, कोषाध्यक्ष रामकृष्ण मल्ल लगायतका व्यवसायीहरु मुख्यमन्त्री कार्यालय पुगेर कोरोना राहत कोषमा पाँचलाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।
चेक ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गले विकास निर्मणका योजनाहरुमा कोरोनाको सावधानी अपनाउँदै संचालन गर्ने तयारी भैरहेको जानकारी दिएको संघका सचिव आत्रेय बताए ।
कोरोना संक्रमण र त्यसको नियन्त्रणका लागि गरिएको लकडाउनका नेपालकै जनजीवन र उद्योग धन्दा प्रभावित भएसँगै निर्माण क्षेत्रमा कच्चा सामाग्रीको आपूर्ति गर्ने गण्डकी प्रदेशका क्रसर उद्योगहरुमा पनि असर गरेको छ ।
लकडाउनका कारण विकास निर्माणका आयोजना संचालन नहुँदा त्यहाँ प्रयोग गरिने कच्चा पदार्थ गिट्टी, बालुवा र ढुंगा समेत आपूर्ति ठप्प भएको छ । लकडाउनका कारण गण्डकी क्षेत्रमा रहेका सम्पूर्ण क्रसर उद्योगहरु बन्द भएका छन् ।
Related News
सम्बन्धित समाचार
कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
बजेटमाथि बहुवर्षे योजनाको चाप : दायित्व पौने १६ अर्ब
गण्डकीको वर्ष ८० : प्रदेश तहमाथि प्रश्न थपिएको वर्ष
खगराज अधिकारी : पहिला १२ बाट ७ मा झारे, अहिले उनैले सत्तामा टिक्न मन्त्रालय फुटाए
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१