सांसद बिद्या भट्टराईद्वारा पोखराको कोरोना कोषमा पचास हजार सहयोग

रबिन्द्र प्रतिष्ठानद्वारा स्यानिटाइजर टनेल सहयोग

एजेन्सी
वैशाख २२, २०७७
bidhya

पोखरा, २२ बैशाख । पोखरा महानगरको प्रकोप ब्यबस्थापन कोषमा प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले ५० हजार सहयोग गरेकी छन् । दिबङ्गत नेता रबिन्द् अधिकारीको ५१ औ जन्मजयन्तीको अबसरमा भट्टराईले पोखरा महानगर पालिकाका मेयर मानबहादुर जिसि लाई सो सहयोग रकम हस्तान्तरण गरेकी हुन्।

भट्टराईले कोरोना नियन्त्रण र रोकथामको लागि आफुले सहयोग गरेको भन्दै सो को लागि तीन तहका सरकारहरु समन्वय गर्दै अझै उच्चस्तरले लाग्न जरुरी भएको बताइन्। उनले नियन्त्रणमा सरकारले अघि सारेका कार्यक्रमहरुलाइ साथ दिन आम कास्की बासी जनसमुदायलाई आग्रह समेत गरेकी छन् ।

यसै गरि रबिन्द्र अधिकारीको ५१ औ जन्मजयन्तीको अवसरमा रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा १७ छोरेपाटनमा स्यानिटाइजर टनेल स्थापना गरेको छ।

सो टनेल सोमबार सामाजिक दुरि कायम गर्दै आयोजना गरिएको बिशेष कार्यक्रममा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width