नयाँ दिल्ली, २२ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ ।
यहाँ यस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सामेबार बिहानसम्म गएको २४ घन्टामा यहाँ २ हजार ५०० भन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ ।
संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७०६ जना रहेको पनि बताइएको छ । यसरी भारतमा हाल यो रोगका संक्रमितहरुको संख्या २९ हजार ४५३ जना रहेको छ । कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १२ हजार ९०० नागरिक संक्रमित भएका छन् ।
गुजरातमा ५ हजार ४०० मानिस प्रभावित भएका छन् । दिल्लीमा यो संक्रमणबाट ४ हजार ५५० जना विरामी छन् । यद्यपि यो भाइरसको प्रकोप भारतका २७ वटा प्रान्तमा नै देखिएको छ । यहाँ पनि सरकारले लकडाउनको घोषणा गरेको छ । यही मे १७ सम्मका लागि यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश
लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन
हारबाट सिक्छ गण्डकी भलिबल
हर्षोल्लासका साथ मनाइयो तीज
hero news full width
मुख्य समाचार
लामाचौर महोत्सव भव्य, दुर्गेशले यसरी उफारे दर्शक
यसरी मनाए कलाकारले तीज
भाद्र २१, २०८१लामाचौर कपमा महिलातर्फ एपीएफलाई भलिबल उपाधि
भाद्र २१, २०८१तिज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज
भाद्र २१, २०८१तीज अवसरमा गण्डकीका मुख्यमन्त्रीको शुभकामना
भाद्र २१, २०८१विद्यावारिधि हासिल गर्नेलाई सामूहिक सम्मान
भाद्र २०, २०८१