ग्यास सिलिण्डर बिस्फोट हुँदा २ बालक घाइते

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७७
Container-Vase-orange-Ambiente-1

तनहुँ, २२ वैशाख । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय भन्ने स्थानमा आइतबार ग्यास सिलिण्डर बिस्फोट हुँदा २ जना बालक घाइते भएका छन् ।

विस्फोटमा परी स्थानीय विनोद विकका दुई छोरा ११ वर्षीय विवेक र अर्का ७ वर्षीय सरगम घाइते भएका हुन् । घाइते मध्ये विवेक विकको शरिर र हातको केही भाग जलेको छ भने सरगम विकको अवस्था भने सामान्य रहेको छ । उनीहरुको आँबुखैरेनी हाडजोर्नी अस्पताल उपचार भैरेहेको छ । खान पकाइरहदा ग्यास सिलिण्डर विस्फोट भएको थियो । सिलिण्डर विस्फोट हुँदा विकको घरको भित्तासहित छाना भत्किएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads