बिश्वकै लामो झाेलुङ्गे पुल गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता तयारी

rajeshchandrarajbhandari राजेशचन्द्र राजभण्डारी
वैशाख २२, २०७७
20200425_095549

झाेलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा बिश्व कै सबैभन्दा लामाे झाेलुङ्गे पुल निर्माण भएपछि यसले थप पहिचान थपिन पुगेको छ। बिश्व कै लामो पुल भएको भएकोले यसलाई गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्ने तयारीमा प्रक्रिया अगाडि बढाइएको छ ।

बागलुङ र पर्वत जाेड्ने गरि निर्माण भएको बिश्व कै लामाे झाेलुङ्गे पुल गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ताको तयारी शुरू गरिएको छ। बागलुङ नगरपालिका १ रामरेखा बाट पर्वत जिल्लाकाे कुश्मा नगरपालिका १ पाङ अदुवावारि जाेड्ने ५६७ मिटर लामो सिंगल स्पानकाे पुल निर्माण सम्पन्न भए संगै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाउने तयारी भएको हाे ।

सिंगल स्पान प्रबिधिमा बनेको झाेलुङ्गे पुल मध्ये यस अघि स्वीजरल्याण्डमा ४९४ मिटर लामो रहेको छ।

बागलुङ नगरपालिकाकाे पहलमा निर्माण भएको पुललाई नगरकार्यपालिकाकाे बैठकले अन्तर्राष्ट्रिय रूपमा चिनाउनकाे लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाउने निर्णय गरेको छ । सिंगल स्पान प्रविधिमा निर्माण भएको साे पुल बिश्व कै सबैभन्दा लामो झाेलुङ्गे पुल भएको प्रमाण सहित गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता प्रक्रिया अगाडि बढाउन लागेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पाैडेलले बताए।

झाेलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा ५ सय वटा भन्दा बढी झाेलुङ्गे पुल रहेका छन्। सामान्यतया ५ मिटर देखि ५६७ मिटर लामाे पुल बागलुङ मै रहेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संस्थामा पठाउनु पर्ने कागजात तयार गरि प्रक्रिया अगाडि बढाउने त्यस पश्चात बिश्व कै लामो पुल भएको परिणाम आउने छ ।

बिश्व कै सबैभन्दा लामो पुल भएको हुनाले यस पुलले बागलुङमा हरेक दिन हजारौं  आन्तरिक तथा बाह्र पर्यटक भित्र्याउन समेत महत्त्वपूर्ण भुमिका खेल्ने देखिन्छ । २०७७ साल चैतमा सम्पन्न गर्ने गरि २०७५ सालमा सम्झौता गरि काम शुरू भएको पुल सम्झौता मिति भन्दा एक बर्ष अगाभै सम्पन्न भएपनि हस्तान्तरण हुन बाकी छ।

काेराेना भाइरसकाे महामारीले देशमा लकडाउन भएपछि पुल हस्तान्त्रण र उद्घाटन प्रक्रिया राेकिएकाे हाे।

Related News

सम्बन्धित समाचार

    • द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । बृहत शान्ति सम्झौतालाई टुंगो पु¥याउन सत्य निरुपण तथा मेलमिलाप आयोग क्रियाशील छ । आयोगले मुलुकभरबाट द्वन्द्वपीडितका उजुरी लिएको…
    • भेडीगोठमा झलल बिजुली, सरर्र मोटर

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      लमजुङ । बेलायती सेनामा छाती नाप्न जानु अघि मजनबहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँमा यति धेरै विकास होला । जन्मे,…
    • पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा। युनाइटेड क्लबको साताव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिन पर्यटकीय क्षेत्र बैदाममा पहिचान झल्किने होडिङ बोर्ड राखिएको छ । सो बोर्डको…
    • जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा । भाषा सङ्घ नेपालको आयोजनामा यही वैशाख ९ गते पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । पोखरासहित गण्डकी…
    • स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      स्याङ्जा । सत्य निरुपण तथा मेलामिलाप आयोगले ८ जनालाई परिचयपत्र हस्तान्तरण गरेको छ । आयोगका सदस्य मनु दाहालसहितको टोली स्याङ्जा…

    hero news full width

    sanil ads

    wordlink ads