नेपालमा काेराना संक्रमित संख्या ७५ पुग्याे

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७७
Corona virus positive test

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत थप ६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको जनाएको छ।

नेपालगञ्जकाे प्रयाेगशालामा भएकाे परिक्षणमा थप ३ जना पुरूष र ३ जना महिलामा काेराेना संक्रमण देखिएकाे हाे। संक्रमितहरू १६ वर्ष देखि ६० वर्षसम्मका रहेका छन् ।

यस अघि आजै नेपालगञ्जमा नौ जनामा र विरगञ्जमा एकजनालाइ कोभिड सङ्क्रमण देखिएको थियाे ।

यो सँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।

सङ्क्रितमध्ये हालसम्म १६ जना उपचारपछि स्वस्थ्य भएर घर फर्किसकेका छन् । बाँकी सङ्क्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width