रसाइली मृत फेला

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७७
bhanu-nagarpalika-tanahu

तनहुँ, २१ वैशाख । जिल्लास्थित भानु नगरपालिकाको एक सामुदायिक वनमा एक युवक मृत अवस्थामा भेटिएका छन् । भानु–४ स्थित जामुनेस्वारा खलातेडाँडा भन्ने स्थानमा स्थानीय ३५ वर्षीय रोशन रसाइलीको मृत अवस्थामा फेला परेका हुन् ।

आइतबार सबेरै घरबाट घुम्न भनी निस्केका रसाइली लौडारी गाउँ र बोहोरा गाउँ जाने दोबाटोसगै रहेको सालको रुखमुनी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।मृतक रसाइलीको शवलाई पोस्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको छ। मृतक रसाइलीको कसरी मृत्यु भयो भन्ने विषयमा खुल्न भने सकेको छैन । प्रहरीले घटनाका विषयमा अनुसन्धान भैरहेको जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width