Worldlink ads

समाजसेवी बरालको निधन

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७७
purnaprasad baral 1

पोखरा, २१ वैशाख । पोखरा–११ तुल्सीमार्ग निवासी एवं समाजसेवी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आइतवार बिहान निधन भएको छ ।

केही समयदेखि मुटुको समस्याबाट ग्रसित बरालको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र सात छोरी छन् । हरिप्रसाद बराल, परशुराम बराल र भोला बराल छोरा हुन् । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारका संस्थापक स्वर्गीय बरालको आइतवार नै रामघाट स्थित सेती नदीमा अन्त्यष्टि गरिएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसी, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कास्की काँग्रेसका प्रवक्ता एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस युनियन गण्डकी अध्यक्ष टंक अधिकारी, कास्की उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र निवर्तमान अध्यक्ष शिरोमणि बराललगायतले श्रद्वाञ्जली अर्पण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads